Share Icon

हस्ता विष्ट

१० फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं.२५ का वडा अध्यक्ष मोतिलाल तिमिल्सीना स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष मोतिलाल तिमिल्सीना वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष मोतिलाल तिमिल्सीना ।

वडा अध्यक्ष तिमिल्सीना भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष तिमिल्सीनाले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा रहेका सेवाग्राहीहरुलाई सेवा सुविधा लिनको लागि सहज होस भन्नको लागि र कार्यालयमा सुशासन कायम गर्नको लागि वडामा साझा कक्षको स्थापना गर्ने काम सम्पन्न भएको छ । ”

त्यसै गरी पोखरा बाग्लुङ जोड्ने मध्यपहाडी राजमार्ग जुन अहिले भाईरल रोड भनेर पनि चिनिने सडकको दुबैतर्फ अबरुद्ध भएको थियो, जुन सडकलाई डोजर लगाएर मर्मत सम्भार गरेको वडा अध्यक्ष तिमिल्सीनाले प्रष्ट पार्नुभयो ।

वडा अध्यक्ष मोतिलाल तिमिल्सीना पहिले शिक्षण पेसामा आबद्ध रहेर निरन्तर समाज सेवामा लागि परिरहनुभएको थियो । त्यसै अहिले वडा अध्यक्षमा रहेर काम गर्न कुनै कठिनाई नभएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ”  वडाको बस्तीहरु जोखिममा पर्ने, बाटो सडकमा अबरुद्ध आउने भएकोले वडामा पहिलो प्राथमिकता दिदै ढल निकासा र नाली निमार्ण कामलाई विशेष जोड दिइएको छ । ”

त्यसै गरी वडामा रहेको सिङेखोलाले बस्ती जोखिममा पर्ने, डुबान पर्ने र खेतबारीहरु बगर बन्ने समस्या रहेकोले उक्त खोलामा ठुलो डयाम लगाउने काम करिब करिब अन्तिम चरणमा पुगेको वडा अध्यक्ष तिमिल्सीनाले जानकारी दिनुभयो ।

बाटो सडको खण्डमा साना तिना साखा बाटो र मुख्य सडकको मर्मत सम्भार काम भईरहेको उहाँले बताउनुभयो । त्यसै गरी कृषिको क्षेत्रमा कृषिलाई व्यवसायमय बनाउन विभिन्न तरकारीको विउँ विजन वितरण गरेको र उत्पादनमा वृद्धि गर्न सिचाई गर्नको लागि कुलोको निमार्ण काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,  ” उज्यालो सडक अर्न्तगतको लागि मेन मेन सडकमा बत्तिहरु जोड्ने काम सम्पन्न भएको छ । स्वास्थ्यको क्षेत्रमा सहरी स्वास्थ्य केन्द्रको स्तरउन्नति गरेर ल्याब र डाक्टर सहित राखेर स्वास्थ्य विमा गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । ”

त्यसै गरी जेष्ठ नागरिक तथा अपांगहरुलाई मध्यनजर गर्दै उहाँहरुले कुन र के औषधिहरु प्रयोग गर्नु भएको छ, त्यसको परिक्षण गर्नको लागि वडाबाट विशेष पहल गरेको उहाँले बताउनुभयो ।

शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्नको लागि विद्यालयमा शिक्षण तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष तिमल्सीनाले बताउनुभयो । त्यसै गरी महिलाहरुलाई लक्षित गरी विभिन्न सिपमुलक तालिमको व्यवस्था गरेको उहाँको भनाई छ ।

त्यसै गरी युवाहरुको लागि वडाको पहलबाट खेलकुद कार्यक्रमहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो । वडाको चौतर्फी विकास गर्नको लागि सदैब लागि परिरहेको उहाँले जानकारी दिनुभयो ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर २५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon