वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छौंः अध्यक्ष लामा

Share Icon

४ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला सिद्धलेक गाउँपालिका स्थित १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा पेमा वाङग्याल लामा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

अध्यक्ष लामाले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय सिद्धलेक गाउँपालिका स्थित वडा नम्बर १ ले विकासको फड्को मारिहेको छ ।

वडा अध्यक्ष लामाले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा अध्यक्ष लामाले भन्नुभयो, “हाम्रो वडामा मुख्य समस्या भनेको खानेपानीको समस्या रहेको छ, उक्त समस्याको सामाधान गर्न हामीले कामहरु गरीरहेका छौँ ।”

वडामा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडाको केही टोलमा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेर कामहरु भइरहेको अध्यक्ष लामाले बताउनुभयो ।

वडा अध्यक्ष लामाले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेका छौँ ।”

वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरूलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वडामा रहेका न्युन आय आम्दानी भएका एकल मलिाहरुलाई बाख्रा तथा बङगुर वितरण गर्ने कार्यक्रम योजनामा समेटेको अध्यक्ष लामाले बताउनुभयो ।

वडा अध्यक्ष लामाले भन्नुभयो , “हामीले वडामा रहेका युवाहरुलाई गलैचा बुन्ने तालिम र महिलाहरुलाई सिलाई बुनाई सम्बन्धी तालिमहरु प्रदान गर्ने योजना बनाएका छौँ ।”

त्यसैगरी उहाँले वडामा रहेका वडाबासीहरुलाई रोजगार सिर्जना गर्ने लक्ष्यका साथ वडामै साबुन कारखाना स्थापना गर्ने लक्ष्य रहेको बताउनुभयो ।

वडा अध्यक्ष लामाले भन्नुभयो, “हामीले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै तरकारी, फलफुल, खाद्ययन्न बाली, कागती, बेसार, अदुवा, तथा कफी क्षेत्रहरुलाई पकेट क्षेत्र बनाउने लक्ष्य राखेका छौँ ।”

उहाँले वडामा रहेका सडकहरुलाई अध्यन गरेर मर्मत तथा स्तर उन्नतीसँगै निर्माण गरेर व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँ निर्वाचित हुनु भन्दा अघि समाज सेवामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष लामा भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा रहेका सुकुम्बासीहरुको अव्यवस्थीत जग्गाहरुलाई व्यवस्थीत गर्दै वडाबासीहरुको समस्यालाई सामाधान सँगै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो सुन्दर समृद्धि वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.