विकास र समृद्धिको लागी खटिरहेका छाैं :वडा अध्यक्ष मगर

Share Icon

१६ माघ, काठमाडाैं ।  पुथा उत्तरगङ्गा गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा।वि।स।हरु रहेका छन।

टिकासाई घर्ती मगर ५ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस्, अरूभन्दा ५ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष टिकासाई घर्ती मगरले बताउनुभयो।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष टिकासाई घर्ती मगरले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो ।

१८२ जना पुथा उत्तरगङ्गा गाउँपालिकाले कारार शिक्षक पदपुर्ति गरेको साथै हाम्रो वडामा सबै विद्यालयलाई अंगेजी मिडियममा संचालन गर्ने योजना तथा निशुल्क शिक्षा प्रदान गर्न निरन्तर योजना अघि सारेर काम गर्दै गरेको निरन्तर रुपमा गुणस्तर शिक्षा दिन लागी परेको कुरा उल्लेख गर्नुभयो।

संघीयता कार्यान्वयनको एक वर्ष हुँदै गर्दा ५ नम्बर वडाका अधिकांश बस्तीमा सडक पुगाउने योजना रहेको बताउदैें स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर ५ का अध्यक्ष टिकासाई घर्ती मगरले बताउनुभयो।

स्वास्थ्यकाे पहुचमा हामी  पुग्न नसकेकाे साथै जनताका पहुचमा स्वास्थ्य सेवा पुग्न नसकेकाे साथै निरन्तर रूपमा सबैकाे पहुचमा स्वास्थ्य सेवा पु्य्राउन  लागी परेकाे वडा अध्यक्ष मगरले जानकारी दिनुभयाे ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष मगरले वताउनुभयो।

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको  मेरो वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको कुरा अध्यक्ष मगरले स्पष्ट पार्नुभयो ।

खानेपानी र सडकको मुख्य समस्या रहेको र विद्युत पनि लथालिङ रहेको मेरो कार्यकालमा यी समस्याहरुको अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पानुभयो । स्थानियको समेत साथ र सहयोग पाएको वडा अध्यक्ष मगरले वताउनुभयो।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.