नयाँ योजनाहरु टोल विकास समिति मार्फत गरिरहेका छौंः अध्यक्ष लिम्बु

Share Icon

६ माघ काठमाडाैँ । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष राजुमान लिम्बुले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

पछिल्लो समय ताप्लेजुङ जिल्ला स्थीत मैवाखोला गाउँपालीका वडा नं. ६ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष राजुमान लिम्बु अहोरात्र खटिरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर ६ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँले भन्नुभयो, “हामीले अघिल्लो कार्यकालमा उपभोक्ता समितीर्माफ्त योजनाका काम गरेका थियौँ भने यो कार्यकालमा टोल विकास समितीर्माफ्त योजनाका कामहरु गर्न हामीले नयाँ योजनाहरु बनाएर गाउँपालिकामा निवेदन पेस गरिसकेका छौँ ।”

वडामा स्वास्थ्य, शिक्षा र सडकलाई पहिलो प्राथमिकता दिएर योजनाका कामहरु तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले शिक्षा क्षेत्रमा पहिलो प्राथमिकता दिएसँगै शिक्षालाई गुणस्तर र प्रभावकारी बनाउन वडाका विद्यालयहरुमा शिक्षक लगाएत अभिभावकहरुलाई भेला गराएर शिक्षा सम्बन्धी जनचेतना मुलक सन्देश तथा कार्यक्रमहरु गर्ने काम सम्पन्न गरेका छौँ ।”

उहाँले युवाका लागि खेलकुद कार्यक्रम राखे सँगै सिपमुलक तालिमहरु पनि व्यवस्था गर्ने बताउनुभयो ।

त्यसैगरी महिलाहरुको लागि महिला विकास सम्बन्धी जनचेतनाका कार्यक्रमका साथै सिप मुलक तालिमहरु सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउन वडामा रहेका किसानहरुलाई नयाँ विउविजनहरु वितरण गर्ने कार्यक्रमहरु पनि योजनामा समेटेका छौँ ।”

उहाँले आफ्नो वडा कार्यलयमा वडा सचिव नभएकोले वडाका काम गर्न असहज भएको कारण वडा सचिवको माग गर्दै गाउँपालिकामा निवेदन पेस गरेको बताउनुभयो ।

वडा अध्यक्ष लिम्बु भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि वडा बनाउनुका साथै वडा बासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई अरु वडा भन्दा नमुना वडा बनाउने लक्ष्य लिएर अगाडी बढीरहेको छु ।”

अन्त्यमा उहाँले भन्नुभयो ?

मलाई अमुलय भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ का वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.