४ माघ, काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनको विषयमा सरकारमा सहभागी नभएका दलहरुसँग छलफल गर्ने भएको छ ।
बुधबार कांग्रेसले छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो संसदीय दलको कार्यालयमा बोलाएको छ ।
कांग्रेसले सभामुखमा आफ्नो उम्मेदवार उठाउने र उपसभामुखमा सरकारमा सहभागी नभएका कुनै दलका उम्मेदवारलाई समर्थन गर्ने तयारी गरेको छ ।
सरकारमा सहभागी नभएका दलहरुलाई बैठकमा बोलाएको र उनीहरुको छलफलबाट उपसभामुखको उम्मेदवार तय गर्ने कांग्रेसका एक नेताले जानकारी दिए । सभामुखमा भने कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।
Facebook Comments Box
Related posts:

सिसाखानीमा खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न, सती घाटुलाई नयाँ पुस्ताले चासो दिनुपर्ने पुनको भन...

‘एक नेपाली, एक पर्यटक’ योजना ल्याउन माग

प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आउनु दुर्भाग्यः नेता कोइराला

