Share Icon

४ माघ काठमाडाैँ । कैलाली जिल्लाको भजनी नगरपालिका वडा नम्बर ६ मा अहिले विकासले फड्को मारिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन, वडा अध्यक्ष राम सागर चौधरी ।

पछिल्लाे समय वडा नम्बर ६ का वडाबासीहरुलाई लक्षित गरेर वडामा विभिन्न योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका विकास निमार्णका योजना तथा कार्यक्रमहरु सम्पन्न गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हामीले वडामा उपभोक्ता समिति गठन गरेर विकास निमार्णका योजना तथा कार्यक्रमहरु तीव्र गतिमा गरिरहेका छौँ ।”

वडामा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएर योजनाका कामहरु भइरहेको उहाँले बताउनुभयो ।

उहाँले वडामा रहेका महिलाहरुकोलागि सिलाई कटाई तालिमको व्यवस्था गरेको बताउनुभयो ।

वडा अध्यक्ष चौधरी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा कुषिलाई व्यवसायीकरण बनाउने र सडकहरुलाई पुर्ण रुपमा व्यवस्थापन गर्ने लक्ष्यका साथ काम गरिरहेका छाैँ ।”

अन्त्यमा आफ्नो वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon