स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर कामहरू गरिरहेका छौंः वडा अध्यक्ष चौधरी
४ माघ काठमाडाैँ । कैलाली जिल्लाको भजनी नगरपालिका वडा नम्बर ६ मा अहिले विकासले फड्को मारिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन, वडा अध्यक्ष राम सागर चौधरी । पछिल्लाे समय वडा नम्बर ६ का वडाबासीहरुलाई लक्षित गरेर वडामा विभिन्न योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका विकास निमार्णका योजना तथा कार्यक्रमहरु सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ हामीले वडामा उपभोक्ता समिति गठन गरेर विकास निमार्णका योजना तथा कार्यक्रमहरु तीव्र गतिमा गरिरहेका छौँ ।” वडामा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएर योजनाका कामहरु भइरहेको उहाँले बताउनुभयो ।…
