Share Icon

३ माघ,काठमाडाैं ।  कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष निल बहादुर देशार स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर ११मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईएको छ ।

पछिल्लो समय वडा नम्बर ११ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । वडामा वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याईएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष देशारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा कार्यक्रमहरु ल्याएका छौ ।

पुर्वकार्यकालमा रहेका आधा अधुरा काम सम्पन्न गर्दै नयाँ योजनाहरु दुत्रर गतिमा भईरहेका छन । वडामा महिलाहरुलाई लक्षित गर्दै सिपमुलक तिन दिने उद्योमसील्ता तालिम सञ्चालन गरेका छौ र लक्षित वर्गलाई अचार बनाउने तालिमको व्यवस्था गरिएको छ । शिक्षाको क्षेत्रमा विद्यालयको भवनमा तला थप्ने काम सम्पन्न भएको छ ।

कृषि क्षेत्रको लागि बाख्रा पालन तालिम, गाई भैसी पालन गरेर तिन तिन दिने तालिम पनि सम्पन्न भएको छ ,हिँउदे तरकारीको विउँ विजन वितरण गरेको उहाँले बताउनुभयो । बाटो सडकको क्षेत्रमा पनि त्यतिकै बृहत रुपमा काम भईरहेको छ । उहाँले भन्नुभयो, स्रोत साधनले भ्याए सम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर काम अगाडि बढाईरहेका छौ । आफनो कार्यकाल सम्म वडालाई नमुना वडाको रुपमा बनाउने लक्ष्यका साथ काम गरिरहेका छौ ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ११ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ११ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon