कोरोना महामारीबारे डब्लूएचओले चिनसँग माग्यो थप तथ्यांक

Share Icon

बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले शनिबार चीनलाई आफ्नो कोभिड अवस्थाको बारेमा थप तथ्यांक उपलब्ध गराउन आह्वान गरेको छ।

बेइजिङले एक महिनामा करिब ६० हजार जनाको मृत्यु कोभिड–सम्बन्धि समस्याका कारण रिपोर्ट गरेपछि डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सियाओवेईसँगको कुराकानीमा उक्त आह्वान गरेका हुन्।

‘डाक्टर टेड्रोसले चीनको गहिरो सहयोग र पारदर्शिताको महत्व दोहोर्याए’, डब्लूएचओको विज्ञप्तिमा भनिएको छ।

यसअघि चीनमा पछिल्लो एक महिनामा कोभिड सृजित समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको भएको चीनका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका थिए। सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) अन्तर्गतको चिकित्सा प्रशासन व्युरोका प्रमुख जियाओ याहुईले जानकारी दिएका थिए।

उनका अनुसार ५ हजार ५०३ जनाको मृत्यु कोभिडका कारण श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य रोगका कारण भएको हो। सरकारले डिसेम्बरको सुरुमा शून्य कोभिड नीतिमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो। त्यसपछि दिनहुँ हजारौँ जना कोभिड संक्रमित हुन थालेका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.