वडाको चौतर्फी विकासको लागि अहोरात्र खटिरहेका छौं : वडा अध्यक्ष साउँद
२६ पाैष, काठमाडाै । कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम ब. साउँद स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ , वडा अध्यक्ष प्रेम ब.साउँद जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचन पश्चात वडामा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, बाटो घाटो, धार्मिक तथा सांस्कृतिक र भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु अघि बढाइएकाे वडा अध्यक्ष साउँदले बताउनुभयो ।
‘वडामा सडक र खानेपानीको क्षेत्रमा मर्मत सम्भारको काम भइरहेकाे छ’, उहाँले भन्नुभयाे, ‘साथै वडाको भवन निमार्ण कार्य पनि सम्पन्न भएको छ ।’
वडामा बिजुली बत्ती नपुगेकाे ठाउँमा बिजुली बत्ति पुराउने लक्ष्यका साथ नदीनालामा तटबन्धन गर्ने योजना रहेको उहाँलेे बताउनुभएकाे छ ।
उहाँले भन्नुभयो, ‘वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन्, उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी तिव्र गतिमा लागि परीरहेका छौं।
उहाँले स्वास्थ्यको क्षेत्रमा आफनै वडामा स्वास्थ्य सेवा तथा सुविधा लिनको लागि वडामै स्वास्थ्य ईकाइको स्थापना गरेकाे बताउनुभएकाे छ ।
त्यसैगरी शिक्षाको क्षेत्रमा विद्यालयका भवन निमार्ण, विद्यार्थीलाई बस्नको लागि छात्राबासको निमार्ण सँगै खेलमैदानको व्यवस्था गर्ने गर्ने योजनामा रहेको उहाँले बताउनुभएकाे छ ।
उहाँले भन्नुभयाे, ‘हामी वडाको चौतर्फी विकासको लागि अहोरात्र खटिरहेका छौ ।
पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







