Share Icon

२५ पाैष, काठमाडाैं।  बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ मा अहिले विकास निमार्णका कार्यहरु तिव्र गतिमा भई रहेका छन् । पछिल्लो समय बर्दिया जिल्लास्थित ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ ले विकासमा फड्को मारिरहेको छ ।

वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष शम्भु प्रशाद थारु अहोरात्त्र खटिरहनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडाबासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष शम्भु प्रशाद थारुले बताउनुभयो । पुर्व अध्यक्षको पालामा रहेका विकास निमार्णका योजनाहरु सम्पन्न गर्दै नयाँ योजना तथा कार्यक्रमहरु तिब्ब्र गतिमा गरिरहेको वडा अध्यक्ष थारुले बताउनुभयो ।

त्यस्तै स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा सहिद वेपत्ता परिवारको सम्मान कार्यक्रम सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । यस वडामा टोल विकास समिति मार्फत काम गर्ने तयारीमा रहेको वडा अध्यक्ष थारुले जानकारी दिनुभयो ।

उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो , वडाका पहिलो प्राथमिकता शिक्षाको क्षेत्रमा दिदै कृषि,स्वास्थ्य,सरसफाई,बाटो सडकको समग्र क्षेत्रलाई समेट्दै काम गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, उहाँ पहिले कृषि पेशामा आबद्ध भएकोले आफनो कार्यकाल सम्म यस वडालाई कृषि व्यावसायमुखिकरण बनाउने र त्यस्तै शिक्षा क्षेत्रमा कक्षा १ देखि १० सम्म निशुल्क शिक्षाको व्यवस्था गर्ने लक्ष्यका साथ काम गरिरहेको वडा अध्यक्ष थारुले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर काम अगाडि बढाई रहेको उहाँले जानकारी दिनुभयो । आफनो कार्यकालसम्म यस वडालाई नमुना वडा बनाउने भिजनका साथ काम गरिरहेको छाैं ।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिए वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon