प्रधानमन्त्री दाहाल आज माओवादीको आधार इलाका रूकुम पश्चिममा

Share Icon

९ कार्तिक, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार माओवादीको आधार इलाका रुकुम पश्चिममा पुग्नुभएकाे छ।

जिल्लाको एक शहीद मेलालाई सम्बोधन गर्नका लागि हेलिकोप्टर मार्फत उहाँ रुकुम पश्चिममा पुग्नु भएकाे हाे । रुकुम पुगे लगत्तै उहाँ जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत हुनुभएकाे हाे ।

साथै शहीद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यतालिका रहेको र बिहीबार नै काठमाडौं फर्किने कार्यतालिका रहेको जनाइएकाे छ। नेकपा माओवादी केन्द्रका  उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि जिल्लामा पुगेका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.