धादिङको ज्वालमुखीमा भूकम्पका कारण २० घर भत्किंए, ७५ घरमा आंशिक क्षति

Share Icon

५ कार्तिक,काठमाडौं। धादिङको ज्वालमुखी गाउँपालिका-५ काे कुमालटारीमा आइतबार बिहान गएको भूकम्पका कारण २० वटा घर भत्किएका छन् ।

साथै  ७५ वटा घरमा भने आंशिक रूपमा क्षति भएकाे हाे। भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको ज्वालमुखी गाउँपालिकाले जनाएकाे हाे । ४ रेक्टर स्केल भन्दा माथिका भूकम्पका परकम्पहरू पटक-पटक गएका कारण मानिसहरू घरबाहीर बसेको स्थानीय राजेश अधिकारीले बताउनुभयाे।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवालले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताउनुभयाे। धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भएर आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । रासस

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.