पशुपति मन्दिर जलहरी प्रकरण: १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना

Share Icon

काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बराबर एक किलो ४ सय ९१ ग्राम र ७ सय १८ मिलिग्राम सुन हिनामिना भएको पाइएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सो सम्बन्धमा गरेको प्रारम्भिक अनुसन्धानबाट सो स्थिति पाइएको हो । सुन हिनामिना गरेको आरोपमा पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यसै गरी कोषका तत्कालीन स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । कोषका पदाधिकारीहरूले मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग भएको सुनलगायतका धातुहरूको उचित संरक्षणको प्रबन्ध नगरेको पनि आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

प्रवक्ता दाहालका अनुसार जलहरी बनाउँदा सो कार्यमा ज्ञान नभएका व्यक्तिमार्फत् कालिगढका रूपमा काम लगाएर सुन हिनामिना गरेको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.