योजना छनोटका लागि वडा अध्यक्ष कार्की टाेल-टाेलमा
काठमाडाैं । आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्न यति बेला वडा अध्यक्षआफ्ना टोल–टोलमा पुगेका छन् ।
जनताको मागलाई सम्बोधन गर्ने बाचासहित निर्वाचित भएका वडा अध्यक्षहरु जनताको आवश्यकतालाई मध्यनजर गरी योजना छनोट गर्न टोल–टोलमा पुगेका हुन्।
जिल्लाका हरेक पालिका वडामार्फत योजनाका लागि प्रत्यक्ष जनतासँग छलफल गरी टिपोट गर्दै अध्यक्षहरु बस्ति बस्तीमा पुगेका छन्।
आफ्नो वडालाई समृद्ध वडा बनाउन जनस्तरबाटै योजना छनोट गर्ने काम गरिरहेको माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिनुभयाे।
‘नगरपालिका बाहेक संघ, प्रदेश र विभागीय कार्यलयसम्म योजना फाइल बोकेर पुगेको छु’– अध्यक्ष कार्कीले भन्नुभयाे –‘आगामी वर्ष जनताले प्रत्यक्ष प्रत्याभुत हुने गरि रिजल्ट आउने छ ।’
चालु आर्थिक वर्षमा पनि आफ्नो वडामा राम्रै योजना पार्न सफल भएको उहाँले बताउनु भयाे । हाल वडामा ९५ प्रतिशत योजनाका काम सम्पन्न भइ सकेको उहाँको भनाइ छ ।
त्यस्तै उहाँले जनताको मागअनुसार आफूहरुले काम गर्ने भएकाले उनीहरुको वास्तविक चाहना बुझ्न घरदैलोमा गएको बताउनु भयाे ।







