काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गते छिमेक मुलुक भारतको भ्रमणमा जाने भएका छन् ।
संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड २० गतेसम्मका लागि भारत भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर प्रचण्डको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरिसहेको छ ।
चारदिने भ्रमणलाई मध्यनजर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले गृहकार्यलाई तीव्रता दिएका छन् । वैशाखमा भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री प्रचण्डको भ्रमण रोकिएको थियो ।
जेठ १८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । सोही दिन वा जेठ १९ मा प्रधानमन्त्री दाहालले भारतकी राष्ट्रपति द्रौपती मुर्मूसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड जेठ २० गते काठमाडौं फर्कने बताइएको छ ।
Related posts:

जलवायु परिवर्तनले पारेकाे असर अवलोकन गर्न नेपालका हिमाली क्षेत्रमा आउँः महासचिव गुटेरेस

प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

बझाङमा भूकम्पका कारण भएको क्षतिको व्यवस्थापन गर्न प्रधानमन्त्री दाहालको निर्देशन

बारा–२ उपनिर्वाचन : मतगणना सुरु, जसपाको सुरुआती अग्रता

