Share Icon

काठमाडाैं । प्युठान जिल्लाकाे माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धनेन्द्र कार्की विकास प्रेमी तथा सहयाेगी नेताका रुपमा परिचित छन् ।

युवा जोशजाँगरका साथ आफ्नो वडाको समग्र विकासमा अग्रसर हुने वडाअध्यक्ष कार्की वडाको विकास, समस्या समाधान तथा सेवा प्रवाहमा उतिक्कै निर्पूण छन् ।

वडा अध्यक्ष कार्कीको यही लगनशिलता, दक्षता र कार्यकुशलताले उनी वडाका हरेक गतिविधिमा आफू र आफ्नो टिमलाई खरोरुपमा उतार्ने गरेका छन् ।

वडाको नेतृत्व गरेदेखि केही न केही फरक कार्य गर्दै आएका वडाअध्यक्ष कार्की वडामा विकास प्रेमी नेताकारुपमा परिचित छन् ।

आशन र भाषण भन्दा पनि काम गरेर देखाउने प्रवृति भएकै कारण उहाँले नेतृत्व पाएदेखि वडाको विकासै विकास भएको जोकोहीले देख्न सकिरहेकाे छ ।

साेही क्रममा उहाँले व्यक्तिगत रूपमा वडावासीकाे घरकाे पाली निर्माण गर्नुभएकाे छ । वडा अध्यक्ष कार्कीले रमि देवी सुनारको घरकाे पाली निर्माण गर्नुभएकाे हाे ।

सुनारको आर्थिक अवस्था दयनिय भएकाेले वडा अध्यक्ष कार्कीले सहयाेग गर्नु भएकाे हाे । उहाँले आफूले पाउने सेवा सुविधाबाट दश हजार बराबरको जस्तापाता उपलब्ध गराई जिर्ण पालीको मर्मत कार्यमा सहयाेग गर्नु भएकाे छ ।

Facebook Comments Box

Share Icon