प्युठान नगरपालिका वडा नम्बर ३ मा कोसेली घर निर्माण गरिँदै
काठमाडाैं । प्युठान नगरपालिका वडा नम्बर ३ मा कोसेली घर निर्माण भइरहेकाे छ ।
वडा अध्यक्ष सुमन श्रेष्ठले वडा नम्बर ३ मा कोसेली घर निर्माण भइरहेकाे जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे,’वडा नम्बर ३ मा रहेकाे बिजयनगरमा कोसेली घर निर्माण भएपछि वडा सिँघारिएकाे जस्ताे देखिन्छ।’
आर्थिक बर्ष २०७९/०८० को हिउदे अधिवेशनमार्फत बजेटको सुनिश्चिततासँगै ९ लाख विनियोजन गरि निर्माण थालिएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयाे ।
वडा कार्यालयमार्फत रकम छुट्टाएर सो कार्य गर्न थालिएको हो। यस वडामा कोसेली घर निर्माण भएपछि नगरपालिकाकै पहिलो हुनेछ ।
Facebook Comments Box








