Share Icon

१ पाैष, काठमाडाैं । बर्दिया जिल्लामा पर्यटकीय क्षेत्रकाे रूपमा बढैयाताल चर्चित रहेकाे छ । पर्यटनकाे अथाहा सम्भावना बोकेको ‘बढैयाताल’ बढैयाताल गाउँपालिकास्थित वडा नम्बर ७ रहेको छ ।

यस वडामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । वडा अध्यक्ष राधेश्याम थारुले वडाको चौतर्फी विकासका लागि विभिन्न याेजना तथा कार्यक्रमहरू ल्याइएकाे बताउनु भयाे ।

उहाँले भन्रुभयाे, ‘ वडामा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुदलाई प्राथमिकतामा राखेर काम भइरहेकाे छ, बाटो कलोपत्रे गर्ने याेजना बनाइएकाे छ।’ उहाँले गाउँ परिषदबाट परित भएका याेजना तथा कार्यक्रमहरुकाे टेन्डर प्रक्रिया अगाडि बढाइएकाे बताउनु भयाे ।

वडाध्यक्ष थारूले भन्रुभयाे, ‘ वडावासीहरूलाई प्रत्यक्ष रूपमा लाभ हुने गरी याेजना तथा कार्यक्रमहरू ल्याइएकाे छ।’ उहाँले वडामा शिक्षाकाे महत्व बारे चेतना जगाएर बालबालिकालाई जानुपर्ने वातावरण बनाइएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयो, ‘कृर्षिलाई आधुनिकरण गर्न र स्वस्थ्यमा सबैको पहुचमा पुर्याउन मेरो योजना छ, टाेलस्तरमा गएर हामीले सबैको माग के छ भनेर छलफल चलाएका छाैँ, साेही छलफलमार्फत वडावासीहरूले माग गरेका याेजना तथा कार्यक्रमहरू ल्याइएकाे छ।’

उहाँले गाउँ परिषदबाट पारित भएका याेजना तथा कार्यक्रमहरू तीव्र गतिमा अगाडि बढाइएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘ परित भएका योजना तथा कार्यक्रमलाई चालू आर्थिक वर्ष सकिनुभन्दा पहिले सक्ने योजना रहेको छ।’

उहाँले अति विपन्न गरिब समुदायसँग ‘वडा अध्यक्ष कार्यक्रम’ राखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयाे, ‘याे कार्यक्रममार्फत उक्त समुदायकाे समस्या बुझ्ने प्रयास गरेका छाैँ, साथै याे कार्यक्रममा सहभागी हुने अति विपन्न गरिब समुदायका वडावासीकाे स्वस्थ्य बिमा  गरिदिने गरेका छाैँ।’

उहाँले याे वडामा पर्यटन, कृषि र प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेकाे बताउनु भयाे । उहाँले भन्रुभयाे, ‘औसत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो महत्व रहेको छ, स्थानीय बासिन्दाको आम्दानीको मुख्य श्रोत कृषि रहेकाे छ।’

कृषिमा सम्लग्न किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षण गर्ने याेजना बनाइएकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘ निर्वाचित भएर आइसकेपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गरिएकाे छ, वडालाई कृषिबाटै आर्थिक समृद्धि बनाउनका लागि ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ ल्याइएकाे छ।’

उहाँका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी खेती गर्नं वडाले प्रोत्साहन गर्नाका साथै मकै, धान, गहु र तरकारी लगायतकाे पकेट क्षेत्रका रुपमा विकास गरिँदै लगिएको छ । यहाँको हावा, पानी र उर्वर माटोका कारण वडालाई मकै, धान र तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने वडाअध्यक्ष थारुले बताउनु भयो ।

वडाका अन्य ठाउँमा तरकारीको राम्रो सम्भावना रहेको उहाँले बताउनु भयाे। युवालाई वैदेशिक राेजगारीमा जानबाट राेक्न तथा कृषि क्षेत्रमा आकर्षित गर्नका लागि थुप्रै कार्यक्रम सञ्चालनमा गरिएकाे वडाध्यक्ष थारूले बताउनु भयाे ।

‘कृषि क्षेत्रलाई राम्रो बनाउन सके वडावासीकाे अर्थिकस्तर उन्नति हुने निश्चित छ’,उहाँले भन्नुभयो, ‘युवालाई स्वदेशमै कृषि काममा लगाएर व्यावसायिक खेती गरी आर्थिक समृद्धि गर्नेतर्फ हामीले जोड दिएका छौँ।’

युवामा बढ्दो बिचलनलाई नियन्त्रण गर्न र कृषि कार्यमा प्रेरित गर्न निःशुल्क तथा अनुदानमा वडाले विभिन्न अन्नबाली र तरकारीको बीउ वितरण गर्दै आएको उहाँले बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘वडा बाट हामीले ५०% अनुदान मा आलु, गहु, मसुराे, ताेरी र च्याउकाे बीउ वितरण गरेका छाैँ, हाइब्रेडजातकाे तरकारी काे बीउ ५०% अनुदानमा गाउँपालिकाबाट बजेट छुट्याइएकाे छ, तर अहिलेसम्म वितरण गरेका छैनाैँ।’

परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमश आधुनिक जीवनशैलीमा रमाउने वतावरण तयार गर्न  लागि परेकाे उहाँले बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस वडाको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन।’

यसका वाबुजुत वडाको चौतर्फी विकास गर्न शिक्षा, स्वास्थ्य, कृषि,रोजगारी, खेलकुद लगायतकाे क्षेत्र प्राथमिकतामा राखेर तीव्र गतिमा काम भइरहेकाे बताउनु भयाे ।

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ?  भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ७ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon