नदी तटलाई पर्यटकीय क्षेत्र बनाउन प्रारम्भिक छलफल

Share Icon

८ बैशाख, काठमाडाैं ।   बेसीशहर नगरपालिका वडा नं. ६ चनौटेमा रहेको सिसौघारीलाई पर्यटकीय क्षेत्रको सम्भावना अध्ययन खोजि गर्न छलफल भएको छ । विहिवार स्थानीयले प्रारम्भिक छलफल गरेका हुन् ।

मर्स्याङदी नदीको किनारमा रहेको कासघारीलाई २०४८ सालमा मस्र्याङदी सामुदायिक वनले नियन्त्रणमा लिएको थियो । २०५१ सालमा सिसौका बिरुवा रोपिएपछि उक्त क्षेत्र सिसौघारीको रुपमा परिचित रहेको र सो क्षेत्रलाइ पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानीयले प्रारम्भिक छलफल गरेका हुन् ।

मर्स्याङदी सामुदायिक बनको जम्मा क्षेत्रफल २१ दशमलब दुई हेक्टर रहेको छ । भने सिसौघारी क्षेत्रको क्षेत्रफल एक दशमलव पाँच रहेको सामुदायिक बनका अध्यक्ष कृष्ण बहादुर राउतले जानकारी दिनुभयो।

बगरमा रहेको सिसौंघारीबाट सामुदायलाई प्रत्यक्ष रुपमा फाइदा कम देखिएकोले पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको हो। मस्र्याङदी सामुदायिक बनका उपभोक्ताहरु र पदाधिकारीहरुले स्थलगत रुपमा नै पर्यटकीय क्षेत्र बनाउन प्रारम्भिक छलफल गरेका छन्।

छलफलमा पर्यटन तथा वातावरण विज्ञ डा.बालकृष्ण बरालले भौगोलिक अवस्था अनुरुप सम्भावित पर्यटन प्रवद्र्धन गर्न सकिने विषयवस्तुका बारेमा उपभोक्तहरुलाई जानकारी गराउनु भएको थियो ।

उहाँका अनुसार बगरलाई सामुदायिक सम्पत्तिको रुपमा प्रयोग गर्नका लागि पहुँच मार्ग तथा जिपलाइन निर्माण गर्ने, पार्क, पिकनिक स्थल, रेष्टुरेन्ट, पौडी पोखरी, बालबालिकादेखि बृद्धबृद्धासम्मका लागि आवश्यक भौतिक पूर्वाधार, मन्दिर, वाईफाई जोन, अध्ययन केन्द्र लगायतका विषयहरुलाई समेटेर पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको छ ।

गाउँमा रहेको खुल्ला र फराकिलो क्षेत्रको रुपमा रहेको सिसौघारीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको टोल सुधार समितिका अध्यक्ष राजकुमार राउतले बताउनु भयो । यसैगरी गाउँमा खेल मैदानको अभाव रहेको हुँदा धेरै वर्ष अघिदेखि चनौटे युवा क्लवले फुटबल मैदान बनाउने प्रयासमा भएपनि पहुँचमार्गको अभावमा पछाडि परेको थियो ।

सिसौंघारी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिएको खण्डमा बेसीशहर नगर क्षेत्रभित्रका सहज र ठूलो पर्यटकीय क्षेत्र बन्ने सम्भावना पनि ठूलो छ । जसले गर्दा जिल्लामा भित्रले पर्यटकहरुका लागि पनि मस्र्याङदी तटमा रहेर मनोरञ्जन र विश्राम स्थलको रुपमा पनि विकास गर्न सकिने सम्भावना पनि उत्तिकै रहेको छ । उक्त क्षेत्र लमजुङ सदरमुकाम बेसीशहरदेखि उत्तरतर्फ २ किलोमिटर दुरीमा रहेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.