समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष जोशी
♠ हस्ता विष्ट
३ चैत्र, काठमाडाैँ । यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४९ उत्तरी अक्षाँश देखि २८००१२५ उत्तरी अक्षाँशसम्म र ८३०५८२.३७ पूर्वी देशान्तर देखी ८४००९४९ पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर देखि अधिकतम १३४७।०३ मिटर सम्मको उचाईमा अवस्थित छ ।
यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ । नगरपालिकाको प्रशासनिक गठन नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा गा.वि.स.का केही भूभागहरु समावेश गरेर देहाय वमोजिम ९ वटा वडाहरु रहने गरी यस नगरपालिकाको गठन भएको छ ।
तनहुँ जिल्लामा अवस्थित भिमाद नगरपालिका वडा नं. ६ का वडा श्याम सुन्दर जोशी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।
भिमाद नगरपालिका वडा नं. ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष श्याम सुन्दर जोशी ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष जोशी अहोरात्र खटिरहनुभएको छ ।
भिमाद नगरपालिका वडा नं. ६ मा जम्मा बजेट नगरबाट १ करोड १८ लाख बजेट विनियोजन गएिको वडा अध्यक्ष श्याम सुन्दर जोशीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष जोशी भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ । ”
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष जोशी बताउनुभयोे ।
वडा अध्यक्ष जोशीले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य, बाटोलाई दिए साथसाथै वडामा रहेका बाटोहरु मध्ये ७० प्रतिशत बाटोलाई कालोपत्रे गर्ने र बाकी अरु बाटाकोे स्तरउन्नति गर्दै ग्राभेल गर्ने र ढलान गर्ने योजनामा रहेको छ । ”
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेका सामुदायिक विद्यालयको भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको वडा अध्यक्ष जोशीले प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ” वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको, स्वास्थ्य केन्द्रको मर्मत सम्भारको लागि बजेट विनियोजन गरेको र वडामा फार्मेसीको सञ्चालन गरेका छौं । ”
त्यसै गरी कृषिको क्षेत्रमा तरकारी खेतिको लागि टनेल वितरण गरेको र विभिन्न विउँ विजनहरु वितरण गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष जोशीले भन्नुभयो, ” महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु मध्ये नेतृत्व विकासको तालिमहरु सञ्चालन भईरहेको छ । ” त्यसै गरी खानेपानीको क्षेत्रमा वडाबासीहरु घरघरमा लगभग धारा पुराईसकेको र बाकी रहेको घरमा पुराउनको लागि कामहरु तीव्र गतिमा भईरहेको उहाँको भनाई छ ।
त्यसै गरी वडामा रहेका गरिब तथा विपन्न वर्गका मानिसहरुलाई उद्धार गरेकाे उहाँले बताउनुभयाे ।
वडा अध्यक्ष श्याम सुन्दर जोशीले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







