‘मान नदिकाे स्थायी समास्या समाधान नभए नेपाल-भारतकाे सिमान छुट्याउन गाह्राे हुन्छ’

Share Icon

♦गाेमा बिष्ट
२६ मंसिर, काठमाडाैँ । बर्दिया जिल्लाको तेस्रो ठूलो नदीका रुपमा चिनिएको मान नदीले गरेकाे कटान नियन्त्रणकाे लागि वडा कार्यालयले अथक प्रयास गरिरहेकाे छ ।

वर्षेनी आउने बाढीले त्यहाँकाे सायाैँ विगहा जमिन कटान भइसकेकाे बढैयाताल गाउँपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले बताउनुभयाे ।

उहाँले भन्रुभयाे, ‘ बाढीबाट कटान र डुवानले हैरान भएका स्थानीयवासीले पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि दिर्घकालिन रूपमा समस्याकाे समाधान भएकाे छैन । जसकारण यहाँका जनता वर्षेनी दु:ख पाइरहेका छन्।’

उहाँले सरकारले दिर्घकालिन रूपमा समस्याकाे समाधान नगरे थप जमिन कटान हुने प्रबल सम्भवान रहेकाे साथै नेपाल र भारतकाे सिमान नै छुट्याउन गाह्राे हुने आवस्था आउने बताउनुभयाे ।

यसअघि विभिन्न निकायले गरेकाे अस्थायी निर्माणधिन तटबन्धनले राज्यकाे कराेडाैँ बजेट बालुवा पानी हालेकाे जस्ताे भएकाे वडाध्यक्ष थापा क्षेत्रीले दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘ मैले याे समस्याकाे दिर्घकालिन समाधानकाे लागि गाउँपालिकामा याेजना पेश गरेकाे छु, र यसका लागि म संघ तथा प्रदेश लगायत सराेकारवाला निकायलाई पहल गरिरहेकाे छु।’

वडाध्यक्ष थापा क्षेत्रीले म आफ्नाे कार्यकलमा मान नदीकाे समस्या समाधान गर्न लागि परेकाे बताउनुभयाे।

बर्दिया र बाँकेको सिमाना भएर बग्ने मान नदीमा आउँने बर्खे भेलले हरेक वर्ष नदी आसपासका वासिन्दामा त्रास फैल्याउँदै आएको छ ।

बर्दिया र बाँके जिल्लाकाे सिमानामा मान नदीमा पक्की पुल निर्माण गर्नु पर्ने उहाँले बताउनु भयाे ।

जिल्लाको तेस्रो ठूलो नदीका रुपमा चिनिएको मान नदीले अत्याधिक मात्रामा कटान गरि रहेको समयमै सरकारी पक्षबाट स्थायी  तटबन्धन निर्माणको काम भए स्थानीयवासीले पनि दीर्घकालीन रुपमा राहतको महसुस गर्ने अध्यक्ष थापा क्षेत्रीले बताउनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.