वडा खबर सम्वाददाता

3071 Posts
काकीको हत्या आरोपमा भतिज पक्राउ

काकीको हत्या आरोपमा भतिज पक्राउ

१३ पाैष,जनकपुरधाम । आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन् । सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि मङ्गलबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । मृतकको अनुहारमा गम्भीर चोट लागेको पाइएको प्रहरीले जनाएको छ । रक्ताम्य र अर्धनग्न अवस्थामा कवितादेवीको शव फेला परेको थियो । दिलीप शङ्कास्पद…
Read More
‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरको’

‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरको’

१२ पाैष, सुर्खेत-भेरीगङ्गा । ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरको’ कार्यक्रममार्फत कर्णाली प्रदेश सरकारले हालसम्म प्रदेशका १४ हजारभन्दा धेरै छोरीका बैंक खाता खोलिदिएको छ । वि.सं.२०७६ साउनदेखि जन्मिएका छोरीहरूको बैंक खाता खोलिदिएकामा पछिल्लो समय कतिपय पालिकाहरुले आधिकारिक तथ्याङ्क नपठाउँदा समस्या भएको प्रदेश सरकारले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारलाई पालिकाले बैंक खाता खोलेको आधिकारिक तथ्याङ्क उपलब्ध नगराउँदा गत वर्षदेखि उक्त खातामा जम्मा गर्नुपर्ने रकम अझै दिइएको छैन । उक्त मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले अर्थ मन्त्रालयले बजेट छुट्याएर पालिकाहरुमा रकम नबुझाउँदा सम्बन्धित मन्त्रालय नै अन्योलमा रहेको बताउनुभयो । गत वर्षदेखि नै रकम पालिकामा नपठाउँदा यो कार्यक्रम र आगामी कार्याक्रम…
Read More
बागमती प्रदेशले ल्यायो ५५ करोडको बिउपुँजी योजना

बागमती प्रदेशले ल्यायो ५५ करोडको बिउपुँजी योजना

१२ पाैष,बागमती । बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउपँुजी उपलव्ध गराउने योजना अन्तर्गत रु ५५ करोड विनियोजन गरेको छ । विनियोजित बजेट कार्यान्वयनका लागि बिउपुँजी परिचालन कार्यविधि र मापदण्डसमेत बनाइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बनाएको बिउपुँजी परिचालनसम्बन्धी कार्यविधि अनुसार मातहतको कार्यालयबाट व्यावसायिक योजना पेस गरेका आधारमा योजनाको करिब २० प्रतिशत साथै मन्त्रालयबाट गठित बोर्ड तथा निर्देशनालयबाट सञ्चालन हुने कार्यक्रमको हकमा व्यावसायिक योजनाको २० प्रतिशत वा बढीमा एक करोडसम्म बिउँपुजी लगानी गर्न सकिने सो मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकरी दिनुभयो । रु १० लाखसम्मको बिउपुँजी उपलव्ध गराउनका लागि कुनै…
Read More
‘मानव बेचबिखन नियन्त्रणमा तीनै तहको सरकारको सहकार्य जरुरी’

‘मानव बेचबिखन नियन्त्रणमा तीनै तहको सरकारको सहकार्य जरुरी’

१२ पाैष, विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि तीन वटै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताउनुभएको छ । माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रमुख कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी सङ्घसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचबिखन रोकिने धारणा राख्नुभयो । महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाबीच पनि समन्वय जरुरी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचबिखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताउनुभयो । माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको…
Read More
निकुञ्जका खोर बाघले भरिए

निकुञ्जका खोर बाघले भरिए

१२ पाैष,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ छन् । निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो । कसरामा बाँकेबाट दुई वर्षअघि ल्याएको एउटा बाघ छ । त्यस्तै देवनगर र माडीबाट ल्याइएका दुई बाघ छन् । ती बाघ आठ वर्षदेखि १५ वर्षसम्मका रहेको तिवारीले जानकारी दिनुभयो । यसवर्ष माडीमा एक जनालाई बाघले आक्रमण गरेपछि उद्धार गरी ल्याइएको हो । अन्य बाघ अघिल्ला वर्ष…
Read More
वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने

१२ पाैष, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौँले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ । अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको थियो । काठमाडाँै उपत्यकासहित देशका विभिन्न जिल्लामा अनुगमन गर्दा मापदण्डअनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्ने सरकारी नियम छ । जसअनुसार तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागसँग अनुमति लिएर…
Read More
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी

१२ पाैष, काठमाडौँ ।  निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ । संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक…
Read More
बालविवाह रोक्न रणनीति कार्यान्वयन गर्दै लुम्बिनी सरकार

बालविवाह रोक्न रणनीति कार्यान्वयन गर्दै लुम्बिनी सरकार

१२ पाैष, रुपन्देही । बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले बनाएको रणनीति कार्यान्वयन प्रक्रिया सुरु भएको छ । सन् २०३० सम्म बालविवाह मुक्त लुम्बिनी प्रदेशको निर्माण गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति तयार गरेको हो । रणनीति कार्यान्वयनका लागि प्रदेशका १२ वटै जिल्लामा अभिमुखीकरण कार्यक्रम गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनीले जनाएको छ । रणनीति कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउन कुुन संस्थाले कसरी काम गरिरहेका छन् भन्ने जानकारी लिने र नक्साङ्कन गर्ने कामको थालनी गरिएकोे मन्त्रालयका उपसचिव शारदा बस्याल बताउनुहुन्छ । “पहिलो चरणमा प्रदेशका सबै जिल्लामा रणनीति सम्बन्धमा अभिमूखीकरण गरिसकेका छौँ, अब दोस्रो…
Read More
काठमाडौँमा यो वर्षकै बढी चिसो

काठमाडौँमा यो वर्षकै बढी चिसो

१२ पाैष, काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो । सोमबार उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ । उहाँले पछिल्लो केही दिनयता न्यूनतम तापक्रम क्रमशः घटिरहेको र अब अधिकम तापक्रम पनि घट्ने क्रममा रहेको बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जीवन र सडक…
Read More
आत्मनिर्भर बन्दै अपाङ्गता भएका महिला

आत्मनिर्भर बन्दै अपाङ्गता भएका महिला

१२ पाैष,चौतारा ।सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-५ छेकाथोकका अपाङ्गता भएका सुकमाया घले यतिबेला आत्मनिर्भरको बाटोमा लाग्नुभएको छ । नगरपालिकाको सहयोग तथा चौतारा अपाङ्गता समन्वय समितिको आयोजनामा पाँच दिने सिन्केधूप तथा साबुन बनाउने तालिम लिएपछि आफूमा केही गर्न सक्छु भन्ने भावना पैदा भएको उहाँले बताउनुभयो । तालिमपछि घरमै धूप बनाएर बिक्रीबाट हुने आम्दानीले आफ्नो खर्च जुटाउन सकेको उहाँले बताउनुभयो । नगरपालिकाले २० जना अपाङ्गता भएका व्यक्तिलाई उक्त तालिम दिएको थियो । “तालिमपछि सुरुवात गरेको कामबाट आर्थिक रुपमा आत्मनिर्भर बन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । यसरी बनाएको धुप उहाँले प्रतिमुठा रु ६ का दरले र साबुन प्रतिकेजी रु ७० सम्ममा बिक्रीका दरले बिक्री गरिरहेको…
Read More
Page 303 of 308
1 … 301 302 303 304 305 … 308
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.