वडा खबर सम्वाददाता

3071 Posts
प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेट

प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेट

४ माघ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
Read More
गाउँपालिकाद्वारा भाषा ऐन पारित

गाउँपालिकाद्वारा भाषा ऐन पारित

४ माघ,काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ । गाउँपालिकाको ११औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न सङ्घीय सरकारसमक्ष पठाउने प्रक्रिया थालेको छ । गाउँपालिकाका शिक्षा शाखाप्रमुख गाउँपालिकाद्वारा भाषा ऐन पारितका अनुसार गाउँसभाले खानीखोला भाषा ऐन–२०७९, खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन–२०७९ र खानीखोला भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन–२०७९ पारित गरेको छ । यसअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले स्थानीय भाषा ऐन, प्रज्ञा प्रतिष्ठान ऐन र भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन पारित गरेको थियो । स्थानीय भाषाको संरक्षण एवं प्रवद्र्धनका लागि ती ऐन गाउँसभाबाट पारित गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । संविधानमा उल्लिखित भएको…
Read More
आइपिओ जारी गर्दै माया खोला हाइड्रोपावर

आइपिओ जारी गर्दै माया खोला हाइड्रोपावर

४ माघ,काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात आगामी माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता रु १०० अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ । त्यस्तै दुई लाख ४० हजार कित्ता…
Read More
राप्रपा संसदीय दलको प्रमुख सचेतकमा शाही

राप्रपा संसदीय दलको प्रमुख सचेतकमा शाही

४ माघ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपाले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसदीय दलको विधान बमोजिम प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गर्नुभएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रमुख सचेतकको मुख्य भूमिका दल र सभामुखबीच समन्वय गरी सदनमा प्रस्तुत हुने एजेण्डाकाबारेमा सहजीकरण गर्नु हो । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा शाही जुम्लाबाट निर्वाचित हुनुभएको हो ।
Read More
पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

४ माघ,गण्डकी । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएको थियो । पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै…
Read More
रु छ सयले घट्यो सुनको मूल्य

रु छ सयले घट्यो सुनको मूल्य

४ माघ,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु छ सयले घटेको छ । हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार तीन सय ७५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय…
Read More
विमान दुर्घटना : अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा

विमान दुर्घटना : अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा

३ माघ,काठमाडौँ । पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो । “एटीआर निर्माता कम्पनीबाट काठमाडौँ आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ”, उहाँले भन्नुभयो, “विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासो बढेको छ ।” सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोगसदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहनुभएको…
Read More
यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

३ माघ,काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाउनु भएको हो । आजको विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन । वन तथा वातावरण र युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैले लिनुभएको छ । प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएका छन् । राजनीतिमा स्थापित भएपनि अवसर नपाएका नयाँ र युवालाई मन्त्रिपरिषद्मा समेटेर प्रधानमन्त्रीले सकारात्मक सुरुवात गर्नुभएको छ । नेकपा (एमाले), नेकपा(माओवादी…
Read More
कृषिमन्त्रीको पहिलो निर्णय : ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा

कृषिमन्त्रीको पहिलो निर्णय : ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा

३ माघ,काठमाडौँ । सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पदवहाली गरेपछि उक्त दशक घोषणा गर्नेसम्बन्धी निर्णय गर्नुभएको हो । कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०-०८१ देखि २०८९-९० सम्म सञ्चालन हुनेछ । यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णय गर्नुभएको छ । कृषि बीमाको भुक्तानी कागजीरुपमा हुँदा किसानले लामो समयसम्म क्षर्तिपूर्ति पाउन सकेका छैनन् । अनलाइन प्रक्रिया सुरु भएपछि क्षतिपूर्ति भुक्तानी सहज हुने…
Read More
पशु बीमा कार्यक्रम वर्ष दिनमै अलपत्र

पशु बीमा कार्यक्रम वर्ष दिनमै अलपत्र

३ माघ,खोटाङ । ऐँसेलुखर्क गाउँपालिकामा सञ्चालन गरिएको पशु बीमा कार्यक्रम एक आर्थिक वर्षपछि अलपत्र परेको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्ष्य गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७५-७६ मा पशु बीमा कार्यक्रम सुरु गरेको थियो । सुरुका वर्ष १७ वटा बाख्रा र छ वटा बङ्गुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६-७७ देखि पशुको बीमा नवीकरण नगरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख प्रमोदकुमार राजभण्डारीले बताउनुभयो । “वर्ष दिनभित्र किसानले दुईवटा बाख्राको बीमा बापतको रकम पाएका थिए”, उहाँले भन्नुभयो, “कतिपय किसानले पशु बीमाको जिकिर गर्न आउँदा नवीकरण नगरेको पाइएपछि रित्तो फर्काइयो।” नेपाल सरकारको केन्द्रीय कार्यक्रमअनुसार गाउँपालिकाको समन्वयमा पशु बीमा सुरु गरेको…
Read More
Page 294 of 308
1 … 292 293 294 295 296 … 308
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.