वडा खबर सम्वाददाता

1497 Posts
तेमाल बृहत् खानेपानी : भुक्तानी नहुँदा आयोजनाको समयावधि लम्ब्याइयो

तेमाल बृहत् खानेपानी : भुक्तानी नहुँदा आयोजनाको समयावधि लम्ब्याइयो

१० मङ्सिर, काभ्रेपलाञ्चोक। गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्याउन आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो । विसं २०७८ मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको जनाउँदै यस वर्ष आयोजनाको समयाबधि लम्ब्याइएको छ । तेमाल बृहत् खानेपानी आयोजना आठ वर्षअघि कालिका–सिएबी जेभीले ठेक्का लिएको थियो । खानेपानी मन्त्रालयबाट करिब रु पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणको काममा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ । भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवार व्यक्तिहरूले सम्पन्न गर्नेतर्फ आलटाल गर्दा समय लम्बिएको समितिका…
Read More
कर्मचारीले अख्तियारको २२ बुँदे सुझाव देखाउँदा आजित छन् गण्डकीका मुख्यमन्त्री

कर्मचारीले अख्तियारको २२ बुँदे सुझाव देखाउँदा आजित छन् गण्डकीका मुख्यमन्त्री

१० मंसिर, पोखरा । सिँचाइतर्फ विशेष अनुदानतर्फ संघीय सरकारबाट आएको बजेट बाँडफाँट गरी कार्यान्वयनको प्रक्रियामा लैजान गण्डकीका अर्थ सचिवलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्देशन दिए । अर्थ सचिव बलराम रिज्यालले संघीय सरकारको स्वीकृतिबेगर त्यसो गर्न नसकिने भन्दैै फाइल संघमा पठाए तर संघले जवाफ दिएन । अहिले गण्डकीको मन्त्रिपरिषदबाट निर्णय गरेर कार्यान्वयन गर्नका निम्ति अर्थमन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा फाइल पुगेकोे छ । तर, यही कारणले योेजना कार्यान्वयनमै ढिलाइ भएको भन्दै मुख्यमन्त्री रुष्ट छन् । सचिव भने ढिलै होस् तर हर निर्णय गर्दा आफू जोगिएर गर्न चाहन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेटमा सुशासन कायम गर्न भन्दै गत मध्य कात्तिकमा पठाएको २२ बुँदे…
Read More
वेयरहाउजिङको आईपीओ सर्वसाधारणलाई खुल्यो, कस्तो छ कम्पनी ?

वेयरहाउजिङको आईपीओ सर्वसाधारणलाई खुल्यो, कस्तो छ कम्पनी ?

१० मंसिर, काठमाडौं । सर्वसाधारणका लागि नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । मंसिर १३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने मिति २४ मंसिरसम्म थप हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुने १३ करोड ७५ लाख…
Read More
प्रतिस्थापन बजेट लोककल्याणकारी छ : मुख्यमन्त्री कार्की

प्रतिस्थापन बजेट लोककल्याणकारी छ : मुख्यमन्त्री कार्की

१० मङ्सिर, विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा नयाँ बजेट आएको स्पष्ट पार्नुभयो । जनताका घरदैलोसम्म पुर्याउने लक्ष्यका साथ योजना र बजेटको व्यवस्था गरेको जनाउँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “प्रदेशमा १० वर्षमुनिका बालबालिकाको उपचार बजेट पारित भएकै दिनदेखि निःशुल्क उपचार हुन्छ ।” उहाँले सांस्कृतिक एकता र सद्भावलाई ध्यानमा राखी ल्याएको यो बजेटले सुनसरी र इनरुवा सडकको स्तरोन्नति गर्ने, केशल्या करिडोरलाई व्यवस्थित गर्ने जनाउँदै बजेट भौतिक र मानव विकासमा केन्द्रित छ भन्नुभयो । उहाँले शैलेजा…
Read More
इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

१० मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् । १० मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् । उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी…
Read More
गौशालाको स्तरोन्नति गर्न आर्थिक अभाव : महायज्ञ लगाइँदै

गौशालाको स्तरोन्नति गर्न आर्थिक अभाव : महायज्ञ लगाइँदै

(कैलाली) १० मङ्सिर,टीकापुर। कैलालीको टीकापुरस्थित गौशालालाई स्तरोन्नति गर्न आर्थिक अभाव भएपछि यही मङ्सिर १६ देखि २३ गतेसम्म महायज्ञ लगाइने भएको छ । टीकापुर–२ सीतापुरस्थित जनजागृति माध्यमिक विद्यालय नजिक महायज्ञ हुने भएको हो । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले आयोजना गर्न लागेको उक्त महायज्ञ सम्पन्न गर्न द्वारिका जोशीको संयोजकत्वमा ‘टीकापुर गौशाला ज्ञान तथा धार्मिक महोत्सव मूल समारोह समिति’ गठन गरिएको छ । महायज्ञबाट भएको आम्दानीबाट गौशालालाई व्यवस्थित गरिने आयोजकले जनाएको छ । महायज्ञमा अन्तर्राष्ट्रिय भागवत भूषण वाचन शिरोमणि आचार्य नारायण शरण प्रमुख वाचक रहने जनाइएको छ । महायज्ञमा तुला दान, अन्न दान, पितृ दान, ब्राह्मण भोजन, प्रसाद वितरण, आरती…
Read More
कोप–२८ : यस्ता छन् नेपालको प्राथमिकता

कोप–२८ : यस्ता छन् नेपालको प्राथमिकता

भीष्मराज ओझा  १० मङ्सिर,काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने बताइएको छ । यसैगरी सम्मेलनमा लैङ्गिक, स्थानीय समुदाय, आदिवासी, युवाको चासो र सरोकार, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिलगायत विषयलाई समेत प्राथमिकताका साथ उठाउने वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले बताउनुभयो । मन्त्रालयले सम्मेलनमा प्रस्तुत गर्नका लागि उक्त विषयलाई समेटेर ‘राष्ट्रिय स्थिति पत्र’…
Read More
भागबन्डा पर्खिंदै प्रधानमन्त्री, त्रिविले तत्काल उपकुलपति नपाउने

भागबन्डा पर्खिंदै प्रधानमन्त्री, त्रिविले तत्काल उपकुलपति नपाउने

१० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपतिविहीन बनेको तीन दिनपछि १९ कात्तिकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन महीनाको लागि शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी तोकेको छ । त्यसको भोलिपल्ट उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सर्च कमिटी गठन भएको छ । सर्च कमिटीले सिफारिस गरेको उम्मेदवारलाई कुलपति (प्रधानमन्त्री) ले नियुक्त गर्ने व्यवस्था छ । तर सर्च कमिटीले हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन । मन्त्रालय स्रोतका अनुसार, कुलपति उपकुलपति नियुक्तिलाई केही समय ‘होल्ड’ गर्न चाहन्छन् । ९ मंसिरमा सेवा आयोग सदस्य पद रिक्त भएको छ भने आगामी ९ पुसमा रजिष्ट्रार र ६ चैतमा शिक्षाध्यक्ष…
Read More
मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घर आइपुगे

मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घर आइपुगे

१० मङ्सिर,झापा। वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उहाँकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो । शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आउनुभएका गोपाल शनिबार घर आइपुग्नुभएको सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गर्नुभएका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताउनुभयो…
Read More
खारेजी घोषणा गरेका कार्यालय अझै यथावत, मनोमानी खर्च

खारेजी घोषणा गरेका कार्यालय अझै यथावत, मनोमानी खर्च

८ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले खारेजीको घोषणा गरेको राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकारीहरु आफ्नो कार्यालय खारेज नहुनेमा ढुक्क छन् । निमित्त प्रमुख कार्यकारी अधिकृत बालक चौधरी संसदमै विरोध भएकाले बोर्ड खारेजीको निर्णय कार्यान्वयन नहुने दाबी गर्छन् । सरकारले चालु खर्च कम गर्न भन्दै बजेटमा करिब २० वटा निकायलाई खारेजी, पुनर्संरचना र गाभ्ने घोषणा गरेको थियो । तर ती कार्यालय यथास्थितिमा चलिरहेका छन् र खारेज हुने सम्भावना घट्दै गएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटले मेलम्ची खानेपानी विकास समिति खारेज गरेको थियो, तर पछि नयाँ गठन आदेश ल्याएर ब्यूँताइएको थियो । चालु वर्षमा पनि…
Read More
Page 15 of 150
1 … 13 14 15 16 17 … 150
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.