समाज

सचेतनाका लागि नागरिक सुनुवाइ

सचेतनाका लागि नागरिक सुनुवाइ

१३ चैत,मनाङ । हिमाली जिल्ला मनाङमा सचेतनाका लागि नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा नासो गाउँपालिका–१ तालस्थित समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यस्ता कार्यक्रमले नागरिक र प्रहरीबीच समन्वय गराउन मद्धत मिल्ने बताउनुभयो । “आमनागरिक र प्रहरीबीचको सम्बन्ध नङ र मासु जस्तै भएकाले यसको महत्व बुझाउन कार्यक्रम गरिएको उहाँले उल्लेख गर्नुभयोे । प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले समुदाय र प्रहरीबीचको सम्बन्ध एकआपसमा जोडिएकाले आमनागरिकलाई सचेत गराउनाका साथै समन्वय गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । यसबाट सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।…
Read More
जापानको अनुभवः समय, मेहनत र कामको सम्मान

जापानको अनुभवः समय, मेहनत र कामको सम्मान

१३ चैत,टोकियो । हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौँ ‘ज्याकरान्डा’का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने समय हो । ढकमक्क साँकुरा फुलेको मात्र सुनेकाले फुलेको हेर्ने औधी रहर थियो । तर एउटा नरमाइलो के भइदियो भने टोकियोका सडक र पार्कमा साँकुराका बोटमा कोपिला पलाउने र हाम्रो जापान बसाइ बिट मार्ने समय एउटै भइदियो । त्यसैले ‘बकेट लिस्ट’ यो सपना मौका मिले फेरि पूरा गर्ने रहर पूरा गर्ने भन्दै थाँती राख्याँै । यद्यपि, जापानमा रहँदा बाँकी धेरै रहर भने पूरा भए । त्यसैले करिब १० दिनको बसाइ निमेषभरमै सकिए झैँ लाग्यो । हाम्रा लागि जापान घुम्न पाउनु…
Read More
आँपमा मधुवा रोग लागेपछि किसान चिन्तित

आँपमा मधुवा रोग लागेपछि किसान चिन्तित

१३ चैत,सर्लाही । जिल्लाको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाँकेर फुल्दा खुशी भइएकामा अहिले मजुराफूलमा मधुवा किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको हरिवन नगरपालिका–२ का किसान रामपुकार महतोले बताउनुभयो । उहाँका अनुसार मधुवा कीराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुराफूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने र दाना नलाग्ने समस्या बढ्न थालेको हो । “पहाडमा लालीगुराँस फुलेझै आँपमा ढकमक्क मजुराफूल फूलेको देख्दा मन रमाएको थियो तर मजुराफूलमा ढुसीको प्रकोप देखिएपछि आशा निराशामा बदलिएको…
Read More
सडक पहुँचले पर्यटनमा सहयोग

सडक पहुँचले पर्यटनमा सहयोग

१३ चैत,गलेश्वर । “गुराँसको छेडोबाट हिमालको सौन्दर्य हेर्दै मोटरबाइकमा हिँड्नुको मज्जै बेग्लै”, शनिबार बेनीबाट बरङ्जाको झाँक्रीपानी घुम्न जानुभएका शोभित घिमिरेले भन्नुभयो, “वन, जङ्गल र भिर पहरा छिचोल्दै गाउँका बस्तीबस्तीसम्म मोटरबाटो पुगेपछि घुम्न जाने हामीलाई सजिलो भएको छ ।” स्वरसम्राट नारायण गोपालको गीत झैँ, यतिबेला म्याग्दीका वन, जङ्गल लालीगुराँसका फूलले रङ्गिएका छन् । वनैभरि फुलेका लालीगुराँसका जङ्गलबाट उत्तरतिर देखिने चाँदी झँै टल्कने हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेको भिडले यतिबेला म्याग्दीका जङ्गलमा रौनक बढेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारबाट पर्यटकीयस्थल टोड्केमा आउनुभएकी रक्षा पौडेल हिमाल र लालीगुराँसलाई पृष्ठभूमिमा राखेर तस्बिर लिन व्यस्त हुनुहुन्थ्यो । उहाँसँगै आएका साथीहरू…
Read More
विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा

विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा

१३ चैत,काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ । सो सेवामार्फत विदेशी भूमिमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन गर्न आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउने वैदेशिक रोजगार बोर्डले जनाएको छ । टेलिमेडिसिन सेवा यही चैत १५ गते बिहान १० बजेदेखि सुरु हुनेछ । सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने बोर्डका प्रवक्ता राजन पौडेलले जानकारी दिनुभयो । नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप वा इमोलगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् । उक्त कल टेलिमेडिसिनका…
Read More
वर्षा भएपछि किसान उत्साहित

वर्षा भएपछि किसान उत्साहित

१३ चैत,फुङ्लिङ । लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुग्नुभयो । कात्तिकको तेस्रो सातादेखि उहाँ प्राय अलैँची बगनामै बिहानदेखि बेलुकासम्म अलैँची बगानमै व्यस्त हुने गरे पनि गत सातादेखि दैनिकजसो साँझ–बिहान वर्षा भएसँगै उहाँलाई फुर्सत मिलेकाले अहिले सदरमुकाम आउनुभएको हो । सोही गाउँका बसन्त फेम्बू पनि अहिले फुर्ददिलो हुनुभएको छ । नियमित वर्षा हुन थालेसँगै पानी पटाउन नपरेकाले आफूलाई पनि फुर्सत मिलेको…
Read More
अन्तर्वार्ताः मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय

अन्तर्वार्ताः मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय

१३ चैत,काठमाडौँ । नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित हुनुहुन्छ डा अवनिभूषण उपाध्याय । व्यावसायिक जीवनका क्रममा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सरकारी, गैरसरकारी र निजी तीनवटै क्षेत्रमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरी सात दशकको उमेरमा पनि उहाँ उत्तिकै क्रियाशील हुनुहुन्छ । उहाँले वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न भई मुटु रोग उपचारमा सेवा पु¥याँदै आउनु भएको छ । तत्कालीन सोभियत सङ्घबाट चिकित्सा विज्ञानको मुटु रोग विधामा विशेषज्ञता हासिल गर्नुभएका उहाँले देशका कुनाकन्दारामा पुगेर मुटु रोग उपचार सेवा पु¥याउनुभएको छ । जीवन र सङ्घर्षलाई नङ र मासुजस्तै परिपूरक ठान्नु हुने उहाँ कामको अनुभव विश्वविद्यालयमा पढेर पाइने…
Read More
बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी

बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी

१३ चैत,नेपालगञ्ज । बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाइएको बताउनुभयो । “पूर्वतिर जस्तो समस्या देखिएको छैन”, उहाँले भन्नुभयो । प्रजिअ आर्चायले अदालतमा पुगेका मुद्दा अदालतबाट टुङ्गो लाग्ने जानकारी दिँदै केही मिलापत्र भएको र एउटा व्यक्ति सम्पर्कमा नआएकाले खोजी भइरहेको बताउनुभयो । मिटरब्याजी पीडितलाई सरकारले…
Read More
सुनको मूल्य तोलाको रू एक लाख नौ हजार

सुनको मूल्य तोलाको रू एक लाख नौ हजार

१३ चैत,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रू दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख आठ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० ले घटेर रू एक हजार तीन सय ६० मा आएको महासङ्घले जनाएको छ ।
Read More
तनहुँमा सवारी दुर्घटना :सात महिनामा १५ को मृत्यु

तनहुँमा सवारी दुर्घटना :सात महिनामा १५ को मृत्यु

१३ चैत,दमौली । तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आव २०७९-८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । मुत्यु हुनेमा दश पुरुष, चार महिला र एक बालक रहेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिनुभयो । सोही अवधिमा भएका दुर्घटनामा २८ जना घाइते भएका छन् । त्यसमध्ये १९ पुरुष, पाँच महिला र चार बालबालिका छन् । यो अवधिमा जिल्लामा ३६ सवारी दुर्घटना भएको छ ।गत आव २०७८-७९ मा तनहुँमा ४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए…
Read More
Page 203 of 304
1 … 201 202 203 204 205 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.