समाज

यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि

यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि

१३ चैत,भक्तपुर । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ । जात्राका लागि अत्यावश्यक रहेको भैरव र भद्रकालीको रथ निर्माण सुरु भएको छ । टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको गुठी संस्थान…
Read More
राँके–रवि–भेडेटार सडक:पचास महिनामा २५ प्रतिशत प्रगति

राँके–रवि–भेडेटार सडक:पचास महिनामा २५ प्रतिशत प्रगति

१३ चैत,पाँचथर । पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ । चौध महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्र्याक विस्तार गर्ने, पर्खाल हाल्ने तथा ढलानको तयारी गर्ने कार्य भइरहेको छ । सङ्घीय सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलका अनुसार निर्माण कार्यमा करिब चार वर्षको अवधिमा १८ प्रतिशत भौतिक प्रगति भएको थियो । पछिल्ला तीन महिनामा निर्माण कम्पनीले थप सात प्रतिशत भौतिक प्रगति हासिल गरेको पाइएको उहाँले वताउनुभयो ।ठेक्का पाएको भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिले पछिल्लो समय नेपाली निर्माण कम्पनीको सहायता लिई निर्माण अघि बढाएपछि थप प्रगति देखिएको हो…
Read More
बिर्तामोडमा कित्ताकाट खुला

बिर्तामोडमा कित्ताकाट खुला

१३ चैत,बनियानी । पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको झापाको बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट खुलेको हो । जग्गा वर्गीकरणका सबै प्रक्रिया पूरा गरेर पाँच वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरलाई गत फागुन २१ गते पत्राचार गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिनुभयो । कित्ताकाट खुलाभएसंगै उक्त वडाको जग्गाको विवरण अद्यावधिक गर्ने कार्यसमेत आइतबारदेखि सुचारु भएको उहाँले बताउनुभयो । बिर्तामोड ७, ८ र ९ को जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ भने वडा नम्बर ६ र १० को पुनः सूचना प्रकाशन गरेर…
Read More
कालिका मन्दिर परिसरमा आजदेखि चैतेदसैँ मेला

कालिका मन्दिर परिसरमा आजदेखि चैतेदसैँ मेला

१३ चैत,बलेवा । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ । समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताउनुभयो । मेलाका लागि खेल तथा सांस्कृतिक कार्यक्रम जोडिएको उहाँले जानकारी दिनुभयो । मेलाको सबै तयारी पूरा भएको छ । मेलालाई व्यवस्थित बनाउन खड्काको संयोजकत्वमा मूल समिति गठन भएको छ भने अन्य उपसमिति पनि गठन गरिएको छ । रामबहादुर खड्काको संयोजकत्वमा आर्थिक संयोजन समिति, अर्जुन खड्काको संयोजकत्वमा कालीका कप खुला पुरुष भबिलल प्रतियोगिता, भरत खड्काको संयोजकत्वमा लोक तथा दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेछ ।…
Read More
बनेपामा कौसी खेती प्रवद्र्धन कार्यक्रम

बनेपामा कौसी खेती प्रवद्र्धन कार्यक्रम

१३ चैत,काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरले कौसी खेतीका कारण जैविक फोहोर व्यवस्थापमा सहयोग प¥याउने उद्देश्यले कार्यक्रम सञ्चालमा ल्याइएको हो । कार्यक्रमअन्तर्गत नगरले आवश्यकताअनुसार कौसी खेती तालिम सञ्चालन गर्ने जनाएको छ । नगरको कृषि र फोहर व्यवस्थापन योजनाबाट हाल पाँच वटा वडाका स्थानीयलाई तालिम दिँदै अनुदानमा कम्पोष्ट मल बनाउने विनसमेत वितरण गरेको छ । नगरले ५, ७, ८ ९, १० नं वडामा ५० प्रतिशत अनुदानमा कम्पोस्ट विन वितरण गरेको हो । नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरको सहरी क्षेत्रमा फोहर व्यवस्थापनको चुनौती रहेको र त्यसको समाधानका लागि फोहर वर्गीकरण गरेर कुहिने फोहरलाई मल…
Read More
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

१३ चैत,गण्डकी । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिनुभयो । हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।
Read More
अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’

अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’

१३ चैत,काठमाडौँ । चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डमा अब्बल सावित भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चलचित्रले सहभागी भएको अवार्डमा आफूलाई प्रमाणित गर्दै विधागत विजेता बनिरहेको छ । हालै सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत यसले उत्कृष्ट चलचित्रसँगै निर्देशक, लेखनसहित बालकलाकार दिनेश खत्रीले अवार्ड जित्नुभयो । “हाम्रो कामलाई विश्वले हेर्नुभएको छ । हेरेर यसले दिएको सन्देशलाई महसुस गर्दै स्वीकार्नुभएको छ । हाम्रो निमित यो नै ठूलो अवार्ड हो”, निर्देशक सुजित बिडारीले भन्नुभयो, “चलचित्रले ग्रामीण भेगको एउटा सामान्य परिवारको कथा भनेको छ । यसमा मेरो बालापनलाई समेत महसुस गर्ने गरेको छु ।” छ–सात पेजमा कथा बनाएका उहाँले आफ्नो समाजको भोगाइ नलेख्ने…
Read More
वसन्ती छठ पर्वको निराहार व्रत आज

वसन्ती छठ पर्वको निराहार व्रत आज

१३ चैत,महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शनिबार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका बर्तालुले आइतबार पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । ‘खरना’ का दिन दिनभरि निराहार व्रत रही राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई चढाएर बर्तालुले खान्छन् । ‘नहाय–खाय’ विधिकै दिन बर्तालुले व्रत सङ्कल्प गर्छन् । षष्टि तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा…
Read More
पर्यटकका रोजाइमा खुमै डाँडा

पर्यटकका रोजाइमा खुमै डाँडा

१३ चैत,अन्नपूर्ण । खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ । स्थानीयले ग्रेट माछापुच्छ्रे« ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा–कोर्चां पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखराको हेम्जादेखि सरिपाखासम्म १३ दशमलव तीन किलोमिटर मोटर यात्रामा पुगिन्छ । यसपछि पाँचदेखि सात घण्टाको हिँडाइपछि खुमै पुग्न सकिने माछापुच्छ्रे« गाउँपालिका–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । खुमैभन्दा माथि बासको व्यवस्था नभएकाले पहिलो दिनको रात त्यही कटाएर…
Read More
हटिया–ताराखोला सडक ः म्याद सकियो, सकिएन कालोपत्रे

हटिया–ताराखोला सडक ः म्याद सकियो, सकिएन कालोपत्रे

१३ चैत,गलकोट । निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो । गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्रे हुन सकेको छैन । डेढ वर्षअघिनै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा दुई पटक म्याद थप गर्दासमेत उक्त सडकको कालोपत्रे सम्पन्न हुन नसकेको हो । समयमै कालोपत्रे नहुँदा गलकोट नगरपालिकाको केन्द्र हुँदै ताराखोला पुग्ने यात्रुलाई सास्ती भएको छ । ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक समयमै नसकिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । “गलकोटको गौदीखोला पुलदेखि गलकोट नगरपालिकाको कार्यालयअघि हुँदै ताराखोला पुग्ने सडक चार वर्ष…
Read More
Page 204 of 304
1 … 202 203 204 205 206 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.