राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
१४ चैत,काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त संयोजनमा शिवपुरीमा सञ्चालित आठौँ संस्करणको राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ । शिवपुरीस्थित सेनाको ‘आर्मी कमान्ड एन्ड स्टाफ कलेज’मा आयोजना भएको १५ दिनको तालिम आज समापन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तालिम समापनको घोषणा गर्दै सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिममा राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, रक्षा नीति तथा रणनीतिक योजनालगायत विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो । सेनाले २०७२ सालदेखि उक्त तालिम दिन थालेको हो । उक्त कलेजबाट हालसम्म एक सय ६६ जनाले राष्ट्रिय सुरक्षा तालिम लिइसकेका छन् । तालिममा मन्त्रालय, सुरक्षा निकाय, सार्वजनिक संस्था र गैरसरकारी संस्थाबाट २७ जना…
