चुनौती बन्दै क्षयरोगीको पहिचान
१४ चैत,दमौली । व्यास नगरपालिकाका निवासी २८ वर्षीय पुरुष निराजन थापालाई गत फागुनमा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्यो । उहाँलाई साँझपख हल्का ज्वरो आउने र पसिना आउने लक्षण देखा परेपछि दमौली अस्पतालमा आएर परीक्षण गर्दा क्षयरोग पुष्टि भयो । “लगातार दुई हप्ता खोकी लाग्ने, छाती दुख्ने र श्वास फेर्न गाह्रो हुने लक्षण थियो, अस्पताल गएर परीक्षण गराउँदा क्षयरोग रहेछ,” उहाँले भन्नुभयो, “त्यही बेलादेखि नियमित औषधि सेवन गरिरहेको छु ।” चिकित्सकको सल्लाहबमोजिम छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भएकाले हाल लक्षण कम हुँदै गएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले लक्षण कम…
