समाज

पिउरी दोभानमा जीप दुर्घटनाः चालकको मृत्यु, सात घाइते

पिउरी दोभानमा जीप दुर्घटनाः चालकको मृत्यु, सात घाइते

४ वैशाख,दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सात यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग१ज ७९४२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट एक सय आठ फिट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो । जीप दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ…
Read More
पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप घट्दै

पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप घट्दै

४ वैशाख,ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप हुन्थ्यो । गाउँकै क्याम्पसमा उच्च शिक्षा पढ्न पाउँदा विद्यार्थी खुसी थिए । खासगरी गरिब परिवारका विद्यार्थी पढ्दै आएको यो क्याम्पसमा छोरीबुहारी बढी हुन्थे । उच्च शिक्षाका लागि गाउँबाट क्याम्पस टाढा हुँदा धेरैले दश जोड दुई उत्तीर्ण गरेर पढाइ बिट मार्ने गर्थे । छात्रहरु विदेश जाने र छात्राले क्याम्पस टाढा भएकै कारण पढाइ छोड्नुपर्ने बाध्यता भएपछि विसं २०४७ मा क्याम्पस स्थापना भयो । क्याम्पस स्थापना भएपछि ग्रामीण क्षेत्रका विद्यार्थीले अध्ययन गर्न पाए तर, पछिल्लो समय क्याम्पसमा विद्यार्थी टिकाउनै समस्या हुँदै गएको छ । दश जोड दुई…
Read More
सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग

सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग

४ वैशाख,खोटाङ । जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ । पटकपटक अनुरोध गर्दा र दबाब दिँदा पनि ठेकेदारले सेखुवा–चखेवाभञ्ज्याङ (दश किलोमिटर) सडकखण्ड कालोपत्रको काम नगरेको जनाउँदै जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले आइतबार मन्त्री ज्वालालाई सिंहदरबार स्थित उहाँको कार्यकक्षमै ध्यानाकर्षणपत्र बुझाउनुहुँदै अवरुद्ध सडक कालोपत्रको काम तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको हो । ठेकेदारलाई धेरै पटक अनुरोध र दबाब दिँदा पनि काम नभएपछि मन्त्रालयमै पुगेर मन्त्रीलाई ध्यानाकर्षणपत्रमा बुझाउन बाध्य हुनु परेको समन्वय प्रमुख राईले बताउनुभयो । “मन्त्री ज्यूलाई कार्यकक्षमै भेटेर अवरुद्ध कालोपत्रको…
Read More
सिसी क्यामेराले काम नगर्दा व्यवसायी समस्यामा

सिसी क्यामेराले काम नगर्दा व्यवसायी समस्यामा

४ वैशाख,तुलसीपुर । दाङ तुलसीपुरको मुख्य बजारमा नयाँ सिसी क्यामेरा जडान गरिँदा समस्या देखिएको छ । रातको समयमा सडक बत्ती पनि नबल्ने र पुराना सिसी क्यामेराले पनि काम नगर्ने भए पछि विशेष गरी व्यवसायी मर्कामा पर्दै आएका छन् । साविक राप्तीको व्यापारिक केन्द्रका रुपमा रहेको तुलसीपुरमै नयाँ सिसी क्यामेरा र सडक बत्ती नहुँदा घाम डुबेपछि पसल बन्द गर्नुपर्ने बाध्यता रहेको व्यवसायी घनश्याम डाँगीले बताउनुभयो । “सिसी क्यामेरा छैनन्, बत्ती पनि छैनन्”, उहाँले भन्नुभयो, “त्यसले पसल सुरक्षित हुने अवस्था नभएपछि दिउँसै पसल बन्द गर्नुपर्ने अबस्था छ ।” व्यवसायी मात्रै होइन, रातिमा यात्रुलाई पनि समस्या हुने गरेको छ । बजारमै सिसी क्यामेरा…
Read More
वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजना सम्पन्न

वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजना सम्पन्न

४ वैशाख,पर्वत । यहाँको एक सडक आयोजना सम्झौता अवधिभन्दा एक महिनाअगावै सम्पन्न भएको छ । जिल्लाको जलजला गाउँपालिकाको वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजनाको काम सम्झौता अवधिभन्दा एक महिनाअघिनै सकिएको हो । जलजला र गण्डकी प्रदेश सरकारको साझेदारीमा वारीबेनीदेखि मल्लाजको माइनडाँडासम्मको सडक ढलान गर्ने काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएको छ । वारीबेनी–मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्यावियन र मेसिनरी पर्खाल निर्माण गर्न ती दुई निकायले रु एक÷एक करोड बिनियोजन गरेका थिए । कालिका इन्फ्रास्टक्चर प्रालिले रु एक करोड १५ लाखमा ठेक्का पाएको यो सडक निर्माण सकिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । विभिन्न ठाउँमा चार सय…
Read More
महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान

महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान

४ वैशाख,विराटनगर । विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउने क्रममा ‘सिसी क्यामेरा’ जडान गरेको छ । पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको महानगरले जनाएको छ । व्यापारीले पार्किङस्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै आएका थिए । पार्किङस्थललाई व्यवस्थित बनाउन व्यापारीहरूकै आग्रहमा केही दिनका लागि सडकको नो पार्किङको निर्णयलाई महानगरले स्थगन गरेको थियो । अब व्यवस्थित र सुरक्षित भइसकेकाले पूर्ववत् अवस्थामै सडकलाई पार्किङ निषेध गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो । सिसी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय र महानगरको नगर प्रहरी शाखामा रहनेछ । प्रमुख कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले कन्ट्रोल रुममा जडान गरिएको…
Read More
दार्चुलाका विद्यालयमा समयमै पाठ्यपुस्तक

दार्चुलाका विद्यालयमा समयमै पाठ्यपुस्तक

३ वैशाख ,खलङ्गा । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो । यस वर्ष भने उनीहरुले समयमै किताब पाउने भएका छन् । धेरैजसो स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । जिल्लाका दुर्गम गाउँका विद्यालयमा पनि विद्यार्थी भर्ना भएसँगै पुस्तक वितरण गरिने उहाँले बताउनुभयो । समयमा नै पुस्तक पुगेपछि यहाँका विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएको छ । “यस वर्ष समयमै पाठ्यपुस्तक पुग्दा खुशी छाँै, यसरी नै हरेक वर्ष पाठ्यपुस्तक समयमै पुगे पठनपाठनमा सजिलो…
Read More
जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी

जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी

 ३ वैशाख ,चौतारा  । विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रीपरिषद्को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको छ । काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका रूपमा रहेको जुगल हिमालमा आरोहण खुल्ला गर्ने निर्णय भएसँगै यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त हिमालअन्तर्गत ‘जुगल–१’ देखि ‘जुगल–५’ नामाकरण भएका पाँच चुचुरा आरोहणका लागि खुल्ला गर्ने र पाँच वर्षसम्म शुल्क नलिने निर्णय गरेको थियो । उक्त हिमालअन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम गरिएको छ । छ हजार एक…
Read More
उदयपुरमा हाटबजार पुनःसञ्चालन

उदयपुरमा हाटबजार पुनःसञ्चालन

३ वैशाख ,उदयपुर । उदयपुरको मध्यपहाडी क्षेत्रको दुर्गम गाउँपालिकाका क्षेत्रमा द्वन्द्वकालमा बन्द भएका हाटबजार नया वर्षसँगै पुनः सञ्चालनमा आएका छन् । लिम्चुङबुङ गाउँपालिका–२ बराहको कटुवाल भञ्ज्याङस्थित राई चोक र मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१ स्थित माझखर्कको डाँडामा बन्द भएका हाटबजार नयाँ वर्षको सुरुआतसँगै सञ्चालन गरिएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् । लिम्चुङबुङका अध्यक्ष मेजर ककुमार राईले पुस्ताँैदेखि सञ्चालित हाटबजार सञ्चालनमा ल्याउनु जरुरी भएको बताउनुभयो । “हाटबजार सञ्चालन हुँदा किसानको उत्पादन बिक्री गर्न सहज हुन्छ, बाहिरका अन्य वस्तु पनि हाटबजारमा नै किन्न सकिन्छ”, उहाँले भन्नुभयो । गाउँपालिकाले प्रत्येक महिनाको १ गते र १५ गते हाटबजार सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै द्वन्द्वकालमै…
Read More
सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

३ वैशाख , सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू ९सघन उपचारकक्ष०मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटुरोगले समस्या महिलाको पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि छ दिनअघि अस्पतालको कोभिड वार्डको आइसीयूमा भर्ना गरिएको थियो । सङ्क्रमणदर उकालो लाग्दै सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय…
Read More
Page 164 of 304
1 … 162 163 164 165 166 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.