समाज

वक्यौता नतिरेको भन्दै रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

वक्यौता नतिरेको भन्दै रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

४ वैशाख,रोल्पा । रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ । उद्योगले विद्युत महसुलवापत रु आठ करोड ४४ लाख छ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो । रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले वक्यौता नबुझाएको पाइएपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्र रोल्पाले जनाएको छ । “पटक–पटक ताकेता गर्दा पनि अटेर गरी महसुल नबुझाएपछि आइतबार लाइन काट्न बाध्य भयौ”, वितरण केन्द्रका कार्यालय प्रमुख आषेश्वर साहले भन्नुभयो । सिमेन्ट उद्यागेले २०७० साल यता महशुल नबुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ । वक्यौता नतिरेसम्म लाइन पुनः जडान नहुने उहाँको भनाइ छ । रोल्पा…
Read More
सुत्करीले पाएनन् प्रोत्साहन भत्ता

सुत्करीले पाएनन् प्रोत्साहन भत्ता

४ वैशाख,सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७८-७९ मा प्रोत्साहनवापत पाउने भत्ता नपाएको उनीहरुको भनाइ छ । गाउँपालिकाले स्वास्थ्यचौकीलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो संख्यामा सुत्केरी महिलाले उक्त सुविधाबाट वञ्चित भएका हुन् । अदानचुली गाउँपालिका– १ की तारा महताराले आफू सुत्केरी भएको दुुई वर्ष पुग्नै लाग्दासमेत सुत्केरीले राज्यबाट पाउने भत्ता नपाएको गुनासो गर्नुभयो । पटक–पटक स्वास्थ्य चौकीमा उक्त भत्ता माग्ना जाँदा निकासा नआएको जवाफ पाउने गरेको बताउँदै सुत्केरी महिलाहरूले अब त माग्नसमेत छोडेको जनाएका छन् । सुत्केरीले चार पटक गर्भ जाँच गरेको चार सयका दरले…
Read More
वैशाखभर भर्ना अभियान सञ्चालन

वैशाखभर भर्ना अभियान सञ्चालन

४ वैशाख,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने आदर्श वाक्यसहित शैक्षिकसत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेको हो । केन्द्रले यसका लागि गत चैत २६ गते सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई पत्राचार गरिसकेको छ । अभियानका सन्दर्भमा गत चैत ३० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा मन्त्रालयमा जिल्ला समन्वय समिति…
Read More
तनहुँमा भर्ना अभियानसँगै विद्यार्थीलाई पुस्तक

तनहुँमा भर्ना अभियानसँगै विद्यार्थीलाई पुस्तक

४ वैशाख,दमौली । यस वर्षको शैक्षिक सत्र सुरु भएसँगै जिल्लामा अधिकांश पाठ्यपुस्तक आइपुगेको छ शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तकमध्ये अधिकांश पुस्तक आइपुगेको इकाईको भनाइ छ । भर्ना अभियान सुरु हुनुपूर्व नै जिल्लाका पुस्तक व्यवसायीले पाठ्यपुस्तक ल्याएको समन्वय इकाई प्रमुख वसन्तराज पौडेलले जानकारी दिनुभयो । “पुस्तक व्यवसायीलाई छिटोभन्दा छिटो पुस्तक सम्बन्धित विद्यालयमा वितरणका लागि भनिसकेका छौँ, विद्यालयलाई पनि विद्यार्थीको हातमा जतिसक्दो छिटो पुस्तक वितरण होस् भनेर निर्देशन दिइसकेका छौ,” पौडेलले भन्नुभयो । पौडेलका अनुसार कक्षा ५ देखि ८ र १० को अङ्ग्रेजी माध्यममा बाहेक सबै पुस्तक जिल्ला…
Read More
दोगडाकेदारमा हत्या प्रकरणः स्थानीय युवक नै संलग्न रहेको आशङ्का

दोगडाकेदारमा हत्या प्रकरणः स्थानीय युवक नै संलग्न रहेको आशङ्का

४ वैशाख,बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ । जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी वीभत्सरुपमा हत्या गरिएको अवस्थानमा शव फेला गरेको थियो । उनको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो । घटनास्थलको प्रकृति हेर्दा जोशीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुल्न आएको प्रहरी निरीक्षक खत्रीले जानकारीदिनुभयो ।जोशीको हत्या घटनामा गाउँकै युवा संलग्न रहेको र ती युवकको नाम गोप्य राखिएको छ । संलग्न ती युवकले बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो…
Read More
भर्नासँगै हात–हातमा पाठ्यपुस्तक

भर्नासँगै हात–हातमा पाठ्यपुस्तक

४ वैशाख,बझाङ । अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो । विद्यार्थीले पुस्तक नपढेरै परीक्षा दिए । गत शैक्षिक सत्रमा पनि त्यो क्रम जारी रह्यो । पाठ्यपुस्तकको अभावले विद्यार्थीको सङ्ख्या पनि घट्यो । भर्ना सङ्ख्या र कक्षा हाजिरी हेर्दा विद्यार्थीको उपस्थिति निकै कम देखियो । जनप्रतिनिधिदेखि शिक्षाका सबै कर्मचारीले पाठ्यपुस्तककै अभावको कारण देखाए । माध्यमिक तहसम्मका विद्यार्थीले सोचेअनुरूप नतिजा पनि ल्याउन सकेनन् । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा पनि उत्तीर्णसम्म मात्रै आउन सक्ने अनुमान गरियो । शिक्षक जीवन बोहराका अनुसार यस नयाँ वर्षमा भने पाठ्यपुस्तकका लागि सरकारले विद्यालयलाई ‘सरप्राइज’ दियो, पाठ्यपुस्तक । “राजधानीको…
Read More
प्रअले विद्यालय सुधार योजना महानगरमा बुझाउनुपर्ने

प्रअले विद्यालय सुधार योजना महानगरमा बुझाउनुपर्ने

४ वैशाख,कास्की । पोखरा महानगरपालिकाले महानगरभित्रको शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम सार्वजानिक गरेको छ । नगर कार्यपालिका बैठकले शिक्षाको सुधार र व्यवस्थापनका लागि १७ बुँदे कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो । यसका लागि महानगरको शिक्षा समिति तथा शिक्षा परिषद्को सिफारिस तथा अन्य सम्बद्ध निकायको अन्तक्र्रियाबाट प्राप्त सुझावलाई मध्यनजर कार्यक्रम स्वीकृत गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगरभित्रको शैक्षिक क्षेत्रलाई व्यवहारिक, व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले सबै सरोकारवालामा विशेष निर्देशन गरिएको छ । महानगरद्वारा जारी निर्देशन कार्यान्वयन नगरेमा नियमानुसार कारबाहीसमेत हुने महानगरले जनाएको छ । महानगरले ल्याएको कार्यक्रमअनुसार अब सबै प्रधानाध्यापकले विद्यालय सुधार एवं विकासको चार…
Read More
तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

४ वैशाख,म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पर्यटकलाई घोडेपानीमा होटल व्यवसायी, टोल सुधार समिति, आमा समूह र युवा क्वबले स्वागत गरेका छन् । घोडेपानी र पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा अवस्थित छ । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानी, पुनहिल, घान्द्रुक भ्रमणमा पर्यटक आएका हुन् । घोडेपानीबाट टाढापानी हुँदै कास्कीको घान्द्रुक भएर पोखरा फर्कने…
Read More
फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार

फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार

४ वैशाख,चितवन । देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको छ । नेपाल नगरपालिका सङ्घले सहरी सरसफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम ‘युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिक’सँगको सहकार्य तथा वातावरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आइरहेको छ । सो कार्यक्रम प्रभावकारी भएपछि रत्ननगरले पाँच हजार डलर राशिको पुरस्कार प्राप्त गरेको हो । युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट (युसिएलजी) एसिया प्यासेफिक विल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेसनद्वारा सञ्चालित अन्तर्राष्ट्रिय संस्था हो । वातावरण संरक्षण…
Read More
‘चलचित्रले बजार पाए दर्शक पाउँछ’

‘चलचित्रले बजार पाए दर्शक पाउँछ’

४ वैशाख,काठमाडौँ । नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ–आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’ विषयक कार्यक्रममा आआफ्ना देशमा रहेका डिजिटल प्लेटफर्म ओभर दि टप (ओटीटी) र चलचित्र भवनमा प्रदर्शन गर्न नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) नेपाल र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी) भारत सहमत भएका हुन् । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले बजार पाए दर्शक पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो । “नेपालमा निर्माण भएको चलचित्रले छिमेकी देश भारतमा बजार विस्तार गर्न सके राम्रो लाभ आर्जन गर्नेछ । साथै,…
Read More
Page 163 of 304
1 … 161 162 163 164 165 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.