गर्मीमा आगलागी र सावधानी
८ जेठ, नेपालगञ्ज । एक महिनाअघि बाँकेको नरैनापुर गाउँपालिकामा एकैदिन आगलागीका दुई वटा घटना भए । नरैनापुरमा–३ गेग्लीमा भएको आगलागी सेलाउन नपाउँदै सोही वडाको जनतापुर पनि घर जलिरहेका थिए । दुवै ठाउँमा गरी १० घर जले भने लाखौँको क्षति भयो । नरैनापुर गाउँपालिकामा रहेको दमकल, स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासबाट अन्ततः आगो निभाइयो तर पनि रु ३० लाख बाराबरको क्षति भने भई छाड्यो । यस्तै वैशाख २८ गते जानकी–५ बकसपुरस्थित अम्बे स्टिल फ्याक्ट्रीमा अचानक आगलागी भयो । कबाडी जलाउने मेसिन जल्दा करिब १४ करोड बढीको क्षति भयो । इलाका प्रहरी कार्यालय खजुराखुर्दको प्रहरी टोली, स्थानीयवासी र नेपालगञ्जको दमकलले आगो…
