समाज

छुमचौरमा मार्सी धान रोपाइँ

छुमचौरमा मार्सी धान रोपाइँ

८ जेठ,जुम्ला । जुम्लामा मात्र उत्पादन हुने मार्सीधान रोपाइँको याम सुरु भएपछि यहाँका किसानलाई भ्याइनभ्याइ छ । जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सीधानको पर्यटकीय प्रवद्र्धन गर्नेका लागि धान रोपाइँ महोत्सव समेत आयोजना गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भीमप्रकाश शर्माले मार्सीधानको बीउ रोपी महोत्सवको शुभारम्भ गर्नुभयो । पछिल्लो समयमा मार्सीधानमा रोगको सङ्क्रमण बढेको जनाउँदै किसानले धान रोप्न छोडेका थिए । स्थानीयवासी मुनबहादुर ऐडीले पछिल्लो समय मार्सी धानको उत्पादनमा लाग्न किसानलाई थप हौसला बढेकोे बताउनुभयो । जुम्लाबाट उत्पादन हुने हरेक अर्गानिक फलफुललाई बजारीकरण गर्नदेखि छुमचौरमा उत्पादन हुने काली मार्सी…
Read More
झापामा पोथी हात्ती मृत फेला

झापामा पोथी हात्ती मृत फेला

८ जेठ, बनियानी । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती ९ढोइ० मृत फेला परेको छ ।आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेकोे जानकारी दिनुभयो । हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन । हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको जनाएको छ । स्थानीयवासीले मृत हात्तीमाथि पूजाआजासमेत गरेका छन् । झापामा चालु आर्थिक वर्षमा योसँगै हात्तीको मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ…
Read More
चारसय बीस खानीलाई ‘लाइसेन्स’ प्रदान

चारसय बीस खानीलाई ‘लाइसेन्स’ प्रदान

८ जेठ, काठमाडौँ । खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र ९ लाइसेन्स० प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २० खानीलाई लाइसेन्स प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका सम्भाव्य खानीको खोजतालसको लागि विभागबाट लाइसेन्स प्रदान गरिएको जानकारी दिनुभयो । उक्त विभागले गत वर्ष चार सय पाँच खानी खोजतलासको लागि लाइसेन्स प्रदान गरेको थियो । सो विभागले चालु आवमा एक सय ५९ खानीलाई उत्खननका लागि अनुमति दिएको छ भने गत वर्ष एक सय ५८ खानीलाई…
Read More
‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’

‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’

८ जेठ, बलेवा। पछिल्लो समय पशुमा देखिएको सङ्क्रमक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिकले सक्रियता देखाएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो । आफ्नो पालिकाभित्रका पशुमा रोग देखिएमा तत्काल उपचार गराउने, किसानलाई क्षति हुनबाट बचाउने काममा लाग्न उहाँले निर्देशनसमेत दिएको बताउनुभयो । सङ्क्रामक रोगको रुपमा लम्पी स्किन देखिएको छ । यो रोगबाट बागलुङमा धेरै पशुको मृत्युसमेत भइसकेको बताइएको छ । सापकोटाका अनुसार झण्डै चार सय पशु सङ्क्रमित छन् भने १४ पशुको मृत्यु भइसकेको छ । शरीरमा गिर्खा आउने र सोही गिर्खा…
Read More
छात्रालाई ‘प्रतिरक्षा’ तालिम, आठ किशोरीको उद्धार

छात्रालाई ‘प्रतिरक्षा’ तालिम, आठ किशोरीको उद्धार

८ जेठ, काभ्रे । जिल्ला युवा समिति काभ्रेपलाञ्चोकले विद्यालयका छात्रालाई महिला आत्मरक्षा तालिम दिएको छ । बागमती प्रदेश युवा परिषद्को सायोगमा रोशी गाउँपालिका–२ स्थित लक्ष्मी नारायण कृषि प्राविधिक माध्यमिक विद्यालयमा आयोजित दुई दिने तालिममा तीन विद्यालयका ४० विद्यार्थीले सहभागीता जनाएका थिए । तालिममा माध्यमिक विद्यालयस्तरका छात्रालाई सामूहिक झैझगडा तथा पुरुषद्वारा आक्रमण भए शारीरिकरुपमै प्रतिकार गर्ने रक्षात्मक तरिकाबारे प्रशिक्षण दिइएको जनाइएको छ । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न तथा महिलामा आत्मबलको विकास गर्ने उद्देश्यले यस्तो तालिमको आयोजना गरिएको समितिका अध्यक्ष प्रकाश थापाले बताउनुभयो । उहाँले गाउँपालिकाको अन्य विद्यालयका छात्रालाई यस्तो प्रकृतिको तालिम क्रमशः प्रदान गर्दै जाने बताउनुभयो । वडा नं २…
Read More
तातोपानीको नयाँ मुहान भेटियो

तातोपानीको नयाँ मुहान भेटियो

८ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो । बेनी–जोमसोम सडकको भिरकाटे पारी कालीगण्डकी र दोवा खोलाको दोभान नजिकै बगरमा बाफ उडेको देखेपछि खन्ने क्रममा तातोपानीको मुहान भेटिएको दोवा बेँसीका गमबहादुर राम्जालीले बताउनुभयो । “बगरमा बाफ उडेको र पानी रसाएर चिसो भएको देखेपछि गल र बाउसोले खन्दा तातोपानीको मुहान भेटियो”, उहाँले भन्नुभयो, “एक पटकमा तीन–चार जनाले शरीर डुबाएर स्नान गर्न मिल्ने पोखरी बनाएका छाँै ।” जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने पानीको मुहान अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ मा…
Read More
महुरे–सिम्पानी सडक : ठेकेदारकै धरौटी रकमबाट मर्मत

महुरे–सिम्पानी सडक : ठेकेदारकै धरौटी रकमबाट मर्मत

५ जेठ, खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी ९राजापानी० सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ । सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी ९२२ किलोमिटर० खण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले काम अलपत्र छाडेर हिँडेपछि सडक विभागको कार्यालय गाईघाट उदयपुरले सोही ठेकेदार कम्पनीको धरौटी रकमबाट खर्च हुने गरी सडक मर्मत सुरु गरेको हो । खोटाङ क्षेत्र नं १ ९क०बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईको ताकेतापछि कार्यालयले सोमबार दुईवटा टिफर र एउटा जेसिभी निर्माणस्थल पठाएको पाइएको छ । सहज आवतजावतका लागि महुरे–सिम्पानी सडकखण्डको हिलाम्मे क्षेत्र पहिचान गरेर मर्मत सुधार गर्ने,…
Read More
सामाजिक जागरण सम्मान बमकुमारी बुढामगरलाई प्रदान गरिने

सामाजिक जागरण सम्मान बमकुमारी बुढामगरलाई प्रदान गरिने

५ जेठ,काठमाडौँ ।  आदिवासी समुदायको चेतना विस्तारमा अभियान चलाउनुभएकी बमकुमारी बुढामगर ९रोल्पा०लाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान समर्पण गरिने भएको छ । शब्दयात्रा प्रकाशनले उहाँलाई विसं २०८० को सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सामाजिक अभियानकर्मीका रूपमा आजीवन सक्रिय रही आदिवासी समुदायमा चेतना विस्तार, समग्र नेपाली जनताको उत्थान र प्रगति, मानवअधिकार, महिला सशक्तीकरण, लोकसंस्कृतिको संरक्षण, लेखन–प्रकाशन, नृवंशविज्ञानसँग सम्बन्धित सङ्ग्रहालयजस्ता कार्यबाट सामाजिक जागरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकामा बुढामगरमा उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले राससलाई जानकारी दिनुभयो । यो सम्मान शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गरिन्छ । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी…
Read More
बस दुर्घटनामा एकजनाको मृत्यु

बस दुर्घटनामा एकजनाको मृत्यु

५ जेठ, दाङ । दाङमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना५ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३ फल्कापुरमा एकापसमा ठोक्किएका हुन् । मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी–७ की ४२ वर्षीया शोभा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो । बाराबाट इँटाभट्टामा काम गरी रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृतक शोभाका दुई छोरा पनि घाइते भएका…
Read More
पदमार्गमा जोडिँदै धारापानी

पदमार्गमा जोडिँदै धारापानी

५ जेठ,कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ स्थीत पर्यटकीय मार्ग धारापानीमा पद्माग निर्माणको कार्य अगाडी बढाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण भइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धारापानी पुग्ने बाटोमा ढुङ्गा बिछ्याउने कार्य भइरहेको नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णप्रसाद भट्टले बताउनुभयो । “प्रधानमन्त्री रोजगार कार्यक्रमको रु छ लाख रकम खर्च गरेर पदमार्ग निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “नब्बे दिनभित्र पदमार्ग निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएका छौँ, हालसम्म पदमार्ग निर्माणको ८० प्रतिशत कार्य सम्पन्न भएको छ ।” प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोटमा परेका १५ जना बेरोजगारले पदमार्ग निर्माण गरिरहेका छन् । एक साताभित्रै पदमार्ग निर्माणको…
Read More
Page 125 of 304
1 … 123 124 125 126 127 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.