आगलागी पीडितलाई मन्त्रीको सहयोग
११ माघ,धनकुटा । धनकुटाको सिन्धुवा बजारका आगलागी पीडितलाई भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले आफ्नो मासिक तलबबाट कटृा हुनेगरी सहयोग उपलब्ध गराउनुभएको छ । उहाँले छथर जोरपाटी गाउँपालिका–६ स्थित सिन्धुवा बजारमा पुगेर आठ पीडितलाई रु ५५ हजार सहयोग गर्नुभएको हो । मन्त्री राईले पीडित झमक थापालाई रु १५ हजार, सन्तबहादुर राईलाई रु १० हजारका साथै लीला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई जनही पाँच-पाँच हजार प्रदान गर्नुभयो । उहाँले आगजनीमा नष्ट भएको घर बनाउन पहल गरिने प्रतिबद्धता पनि जनाउनुभयो । स्थानीयवासीसँगको भेटमा मन्त्री राईले चाँडै नयाँ भूमि आयोग गठन गरेर भूमिहिनको समस्या…
