समाज

ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते

ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते

४ फागुन,दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर–१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिण्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य…
Read More
जुम्लाको पातारासीमा निःशुल्क स्वास्थ्य बीमा गरिने

जुम्लाको पातारासीमा निःशुल्क स्वास्थ्य बीमा गरिने

जुम्ला, ४ फागुन,जुम्ला । पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो । स्वास्थ्योपचारमा राहत होस् भनेर अध्यक्ष–उपाध्यक्ष कार्यक्रममा छुट्याएको बजेटबाट पातारासीका सबै नागरिकको स्वास्थ्य बीमा गर्न हिउँदे गाउँसभाबाट पारितसमेत गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो । नागरिकको स्वास्थ्य बीमासहित गाउँपालिकाबाट पाँच वर्षमा दुई जनालाई निःशुल्क एमबिबिएस अध्ययन गर्न आर्थिक सहयोग गर्ने नीतिअनुसार एक जनालाई पहिलो वर्ष रु सात लाख प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाले जानकारी दिनुभयो । वडा नं ४ निवासी नवीन रेउलेलाई…
Read More
एकै साथ छ वडा कार्यालय भवन निर्माण सुरु

एकै साथ छ वडा कार्यालय भवन निर्माण सुरु

४ फागुन,म्याग्दी । जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । सङ्घीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो । वडा नं १, ४, ५, ६, ७ र ९ को भवन निर्माण सुरु भएको गाउँपालिकाका इञ्जिनीयर सुनिल बानियाँले जानकारी दिनुभयो । “सबै भवन एक तला र चार कोठाका हुनेछन्”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षभित्रमै सम्पन्न गर्ने लक्ष्यसहित ठेक्कामार्फत काम सुरु भएको छ ।” बाँसखर्क, फट्केढुङ्गा, लेकफाँट, शालिजा, धाइरिङ र बनौमा वडा कार्यालय निर्माण हुन लागेको हो । कूल रु चार करोड ३३ लाख १७ हजार लागत अनुमान गरिएको भवन निर्माणका लागि…
Read More
विस्तार हुँदै चैते धानखेती

विस्तार हुँदै चैते धानखेती

४ फागुन,चितवन । जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यसवर्ष सात हजार आठ सय हेक्टर पुगेको हो । कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार जिल्लाको भरतपुर महानगरपालिकाका केही क्षेत्र, खैरहनी र माडी नगरपालिकामा चैते धान खेती हुँदै आएको छ । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा ६ हजार चार सय हेक्टर क्षेत्रफल र माडी नगरपालिकामा एक हजार चार सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।…
Read More
मनाङका विद्यालय खुल्न थाले

मनाङका विद्यालय खुल्न थाले

४ फागुन,मनाङ । हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले जानकारी दिनुभयो । उहाँका अनुसार केही विद्यालयका विद्यार्थी तथा शिक्षक मङ्सिरको अन्तिम साता अर्धवार्षिक परीक्षा सकेर चिसो छल्न बेँसी झरेका थिए । यस वर्ष हिमपात नहुँदा विद्यालय अलि छिट्टै सञ्चालन गरिएको उहाँले बताउनुभयो । “यस वर्ष यहाँ हिमपात भएन, जसले गर्दा मनाङवासी छिट्टै फर्किए र अभिभावकसँगै बालबालिका आएपछि नियमित कक्षा सञ्चालन गरेका हौँ”, प्रमुख चपाईंले भन्नुभयो । विगतका…
Read More
निसीखोलामा थपिँदै आठ झोलुङ्गे पुल

निसीखोलामा थपिँदै आठ झोलुङ्गे पुल

४ फागुन,ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९÷८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए । सङ्घीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुनेछन् ।” वडा नं १ को सेलाखेतघाट र आठबारेघाट, वडा नं ७ को खनिबास–राजकुट कुँडुला जोड्ने, वडा नं ४ र ५ जोड्ने कारीखोला, वडा नं ५ को यारीखोला, वडा नं ६ मगरघाटखोला, वडा नं ३ को गतारेघाट तथा वडा नं २…
Read More
रहिनन् सांसद चन्द्र भण्डारीकी आमा

रहिनन् सांसद चन्द्र भण्डारीकी आमा

४ फागुन, काठमाडाैं।  ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित अस्पतालमा उपचाररत ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ। गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा हरिकला र उनका छोरा नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएका थिए। कीर्तिपुर अस्पतालकी निर्देशक डा. निजिमा ताम्राकारले हरिकलाको निधन भएको सेतोपाटीलाई जानकारी दिइन्। ‘उहाँको आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको हो,’ उनले भनिन्। सांसद भण्डारीको उपचार जारी छ। उनलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ।
Read More
दाउराको सट्टा ‘गुइँठा’

दाउराको सट्टा ‘गुइँठा’

४ फागुन,तुलसीपुर । दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ । चौधरी समुदायमा यसको प्रयोग बढी हुने भए पनि अन्यको घर आँगनमा समेत गुइँठा देख्न सकिन्छ । दाउराको विकल्पमा गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर–१२ कचिलाकी मिनकुमारी चौधरीले बताउनुभयो । “दाउरा लिन वन जान सकिन्न, यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौँ”, उहाँले भन्नुभयो, “गुइँठा सजिलो लाग्छ ।” गाई, गोरु, भैँसी र राँगाको गोबरमा पसाल तथा भुस मिलाएर गुइँठा बनाउने गरिन्छ । गुइँठाले दाउराकै काम गर्ने भएकाले थारु समुदायले परम्परादेखि नै यसको प्रयोग गर्दैआएका छन् । पछिल्लो समय अन्य समुदायले पनि गुइँठा प्रयोग गर्ने गरेका छन् । अहिले गुइँठा…
Read More
परम्परागत ढुङ्गाको छानो भएको पसगाउँ

परम्परागत ढुङ्गाको छानो भएको पसगाउँ

४ फागुन, लमजुङ।  लमजुङ क्व्होलासोथर गाउँपालिका– ६ स्थित परम्परागत ढुङ्गाको छानो भएको पर्यटकीय पसगाउँ । यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरु आकर्षित हुने गरेका छन् । तस्बिर ः जनक श्रेष्ठ÷रासस
Read More
इन्जा बौद्धिक अनुसन्धानवृत्ति पत्रकारद्वय नेपाल र तिवारीलाई

इन्जा बौद्धिक अनुसन्धानवृत्ति पत्रकारद्वय नेपाल र तिवारीलाई

४ फागुन,काठमाडौँ । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार पत्रकारद्वय जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको छ । सुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार विषयमा विद्यावारिधी ( पिएचडी) गरिरहनुभएका पत्रकार नेपाल र पत्रकारिता तथा आम सञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट दर्शनार्चाय (एमफिल) गरिरहनुभएका तिवारीलाई प्रदान गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनालको संयोजकत्वमा गठित सिफारिस समितिले उक्त निर्णय गरेको हो । सम्मानित हुने पत्रकार नेपाल हाल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागमा उपप्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । विसं २०५४…
Read More
Page 406 of 452
1 … 404 405 406 407 408 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.