विस्तार हुँदै चैते धानखेती

Share Icon

४ फागुन,चितवन । जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यसवर्ष सात हजार आठ सय हेक्टर पुगेको हो ।

कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार जिल्लाको भरतपुर महानगरपालिकाका केही क्षेत्र, खैरहनी र माडी नगरपालिकामा चैते धान खेती हुँदै आएको छ । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा ६ हजार चार सय हेक्टर क्षेत्रफल र माडी नगरपालिकामा एक हजार चार सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।

जिल्लमा हर्दिनाथ हाइब्रिड १ र चैते ५ उन्नत जातको धान खेती गरिँदै आएको छ । हर्दिनाथ हाइब्रिड जिल्लाको २५ प्रतिशत क्षेत्रमा लगाइने गरेको उहाँले बताउनुभयो । चैते धानमा सरकारको सहयोग हुनु र पर्याप्त सिँचाइका कारण क्षेत्रफल बढेको उहाँले जानकारी दिनुभयो ।

ज्ञान केन्द्रले चैते धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत दुई सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । उहाँले भन्नुभयो, “चैते धान प्रवद्र्धनका लागि राज्यको सहयोग हुनुले यसको क्षेत्रफल बढेको हो ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.