समाज

वर्षा र हिमपातको सम्भावना

वर्षा र हिमपातको सम्भावना

१४ मङ्सिर,काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बाँकी भू–भागका आंशिक बदली रहनेछ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको…
Read More
सांसदसँग रासस : ‘सांसदले योजनाको फाइल बोकेर माग्दै हिँड्ने परिपाटी अन्त्य गर्नुपर्छ’

सांसदसँग रासस : ‘सांसदले योजनाको फाइल बोकेर माग्दै हिँड्ने परिपाटी अन्त्य गर्नुपर्छ’

कालिका खड्का १४ मङ्सिर,काठमाडौँ। राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएर तीन तहको सरकार बनिसकेको अवस्थामा फेरि सङ्घीय सांसदले विकासका लागि योजनाका फाइल बोकेर बजेट माग्दै हिँड्नु ठीक होइन भन्ने उहाँको ठम्याइ छ । “तीन तहको सरकार छ, विकासका लागि केन्द्रले योजना बनाउने हो, तर अहिले पनि प्रतिनिधिसभाकै सांसद विकासकै लागि पैसा खोज्न मन्त्रालय धाउने काम रोकिएको छैन”, उहाँले भन्नुभयो, “योजनाको फाइल बोकेर योजना माग्दै सांसद हिँड्ने परिपाटीको अन्त्य गर्नुपर्छ, सांसदको नाममा बजेट दिने काम ठीक होइन, यो रोक्नुपर्छ”, सांसद रावललाई…
Read More
बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण

बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण

१४ मङ्सिर,वीरगञ्ज। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयको स्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय वीरगञ्जस्थित सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो । वीरगञ्ज महानगरपालिकाको सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै अङ्ग्रेजी माध्यमबाट समेत शिक्षण सिकाइ थालिएपछि नीजि विद्यालय छोडेर सामुदायिक विद्यलायमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयका शिक्षकले बताएका छन् । महानगरपालिकाको पहलमा वीरगञ्जस्थित त्रिजुद्ध महाविरप्रसाद रघुवीर राम प्रविधिक मावि, माईस्थान मावि, नरसिंह मावि र सिद्धार्थ माविले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका छन् । “केही…
Read More
एमालेले सुरु गर्‍यो महाकाली-मेची अभियान

एमालेले सुरु गर्‍यो महाकाली-मेची अभियान

१४ मंसिर, काठमाडौं । नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । अभियानको अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए । जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए । झुलाघाटबाट सुरु भको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ । यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ । अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष…
Read More
कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

१४ मंसिर, दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १४ गते संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् । स्थानीय समय अनुसार राति करिब १ः३० बजे उनी दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । दुबई विमानस्थल प्रधानमन्त्री प्रचण्डलाई  नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सी लगायत युएईस्थित दूतावासका अधिकारीहरुले उनको स्वागत गरे । प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दुतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा…
Read More
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य

रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य

१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाएको छ ।  सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टीका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुने प्रस्ताव पनि पारित गरेको छ । सांसद भएका तर केन्द्रीय सदस्य नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने भनेर केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति भएको थियो । प्रतिनिधि सभामा रास्वपाका ९ महिला र १२ पुरुष गरी २१ जना सांसद छन् । रास्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि हाल ३८ जना मात्र छन् । यसअघि बैठकमा महाधिवेशनको विधि प्रक्रियाको विषयमा…
Read More
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने

१३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लगानी गरेको परियोजनाको ग्रेस अवधिको ब्याजलाई आयोजनाले व्यवसायिक उत्पादन सुरू गरेपछि सञ्चित मुनाफामा देखाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन–२०८० लाई संशोधन गर्दै परियोजना सम्पन्न भएपनि ग्रेस अवधिमा ब्याजलाई सञ्चित नाफामा देखाउन सक्ने र लाभांश वितरण गर्नसक्ने व्यवस्था गरिदिएको हो । हाल व्यावसायिक उत्पादन सुरु गरेपछि पूँजीकृत ब्याजलाई ‘इन्ट्रेस्ट क्यापिटलाइज लोन’ मा छुट्टै लेखाङ्‍कन गर्नुपर्ने व्यवस्था छ । यस्तो लोनमा लेखाङ्‍कन भएको पूँजीकृत ब्याजलाई आयकर र कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफाबाट घटाएर ‘इन्ट्रेस्ट क्यापिटलाइज रिजर्भ’ मा राखनुपर्ने व्यवस्था…
Read More
दुई दशकअघिको वाणिज्य बैंक घोटालाका आरोपित सर्वोच्चबाट पनि दोषी ठहर

दुई दशकअघिको वाणिज्य बैंक घोटालाका आरोपित सर्वोच्चबाट पनि दोषी ठहर

१३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले करिव दुई दशकअघिको राष्ट्रिय वाणिज्य बैंक भ्रष्टाचार मुद्दामा आरोपितलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला सदर गरेको छ । सर्वोच्चले विराटनगरका मंगतुराम व्यवसायी समूहका चार दाजुभाई र राष्ट्रिय वाणिज्य बैंकका चार कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गर्दै दायर गरेको भ्रष्टाचार मुद्दामा व्यवसायी मंगतुराम अग्रवाल र उनका छोराहरु सुबोध कुमार अग्रवाल, सुरेश कुमार अग्रवाल, कृष्ण कुमार अग्रवाल, नारायण अग्रवाल र दामोदर अग्रवाललाई दोषी ठहर गरेको थियो । तर ७ मंसिरमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको…
Read More
परराष्ट्रमन्त्री कतार जाँदै, विपिन जोशीको रिहाइको पहल गर्ने

परराष्ट्रमन्त्री कतार जाँदै, विपिन जोशीको रिहाइको पहल गर्ने

१३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जान भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् । यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मंसिर ७ गते (बिहीवार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले आज (बुधबार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिपिन जोशीका…
Read More
भूकम्पपीडित चिसोमा काप्दै : क्षतिको विवरण अझै सङ्कलन भएन

भूकम्पपीडित चिसोमा काप्दै : क्षतिको विवरण अझै सङ्कलन भएन

१३ मङ्सिर,जाजरकोट। कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ । पटकपटक कार्यविधि परिवर्तन गर्नुका साथै हालसम्म क्षतिको यकिन विवरण नआउँदा थप समस्या उत्पन्न हुँदै आएको छ । भूकम्प गएको एक महिना पुग्नै लाग्दासम्म पनि अस्थायी आवास निर्माण हुन नसक्दा कठ्याङ्ग्रिँदो चिसोमा ज्यान जाने जोखिम बढिरहेको स्थानीय बताउँछन् । भूकम्पपीडितका लागि आवा निर्माण ढिलाइ भइरहेकाले चिसोका कारण नागरिकको ज्यान जाने सम्भावना बढिरहेको भन्दै सरोकारवालाले तत्काल अस्थायी आवास निर्माणमा ध्यान दिनुपर्ने बताइरहेका छन् । विभिन्न राजनीतिक दलहरू भने प्रभावित क्षेत्र केन्द्रित भएका छन् । सबैजसो दलबाट हजारौँको सङ्ख्यामा नेता, कार्यकर्ता…
Read More
Page 39 of 452
1 … 37 38 39 40 41 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.