दीर्घायुका लागि राना समुदायको ‘खखडेहरा पर्व’
३० फागुन,महेन्द्रनगर । राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ मङ्गलबार मनाइरहेका छन् । मुलुकमै कञ्चनपुुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले सो पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा मङ्गलबार सार्वजनिक बिदासमेत दिएको छ । राना थारूको धार्मिक एवं सांस्कृति महत्व बोकेको खखडेहरा पर्वको आफ्नै विशेषता रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानका चेतराम रानाले बताउनुभयो । उहाँले आफ्नो समुदायका नागरिकहरुको दीर्घायु, रोगब्याधी नलागोस् भनेर खखडेहरा पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत स्थानीयले गर्ने प्रचलन रहेको सुनाउनुभयो । राना थारू समुदायमा एक महिनासम्म होली…
