समाज

अचेल बिक्न छाडे डालो, नाङ्लो र ठेकी

अचेल बिक्न छाडे डालो, नाङ्लो र ठेकी

१४ चैत,ढोरपाटन । दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ । यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा आठ-दश बूढापाका र अर्धबँैसे युवा आफ्नै धुनमा देखिन्छन् । चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ तर सयौँका सङ्ख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरुको अनुहारमा निराशा देखिन्छ । त्यही बीचमा एक वृद्ध पनि ‘मिलाएर लैजानूस् न’ भन्दै ग्राहकसँग आग्रह गर्नुहुन्छ । उहाँ हुनुहुन्छ जलजलाका ६३ वर्षीय चन्द्रबहादुर विक । पहिले–पहिले चैते दसैँमा अत्यधिक मात्रामा डालो र नाङ्लो बिक्री हुने हुँदा यसपालि पनि विकसहित बडिगाडदेखि १५…
Read More
‘बालबालिका विद्यालय ल्याउने दायित्व अभिभावकको’

‘बालबालिका विद्यालय ल्याउने दायित्व अभिभावकको’

१४ चैत,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने मुख्य दायित्व अभिभावकको भएको बताउनुभएको छ । ‘आसमान नेपाल’ले मधेस प्रदेशमा सञ्चालन गरेको ‘निक शिक्षा दिअ’ (राम्रो शिक्षा देऊ) परियोजनाको सिकाइ आदानप्रदान गर्न आज आयोजित कार्यक्रममा सचिव सुवेदीले शिक्षकले विद्यालयमा आएका बालबालिकालाई राम्रो शिक्षा दिने दायित्व लिएको र विद्यार्थीलाई विद्यालयमा पठाउने मुख्य दायित्व अभिभावककै भएको बताउनुभयो । उहाँले शिक्षामा लगानी बढाउनुपर्ने चुनौती सरकारसँग रहेको र अन्य पक्षबाट पनि सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारी आँकडाअनुसार मुलुकभर विद्यालय जाने उमेर समूहका करिब तीन प्रतिशत बालबालिका छन्, भने मधेस प्रदेशमा यो सङ्ख्या बढी पाइको…
Read More
सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे

सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे

१४ चैत,वालिङ । वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पु¥याउनुपर्ने बाध्यता थियो । गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो । बजारसम्म पुग्न गोरेटो बाटोसमेत राम्रो थिएन सडक सञ्जाल त परेको कुरा थियो । वालिङ बजारबाट उत्तर पूर्वी भेगमा रहेको अग्लो पहाड पित्लेक र त्यसको काखमा कृषि कर्ममा रमाइरहेको पाडेथोकमा पिउने पानीको समस्या पनि उत्तिकै थियो । सिँचाइका लागि वर्षाको पानी सङ्कलनका लागि पोखरी निर्माण गरिएका थिए । यसको समाधानका लागि खानेपानी लिफ्टिङ गरेर गाउँमा ल्याइयो । त्यसपछि मौसमी तथा बेमौसमी तरकारी, फलफूल उत्पादनमा सहजीकरण गर्न स्थानीय किसानको…
Read More
बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

१४ चैत,काठमाडौँ । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दैआएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार दिन कैद र रु १४ लाख ४८ हजार जरिवाना ठहर गरेको थियो । अदालतको उक्त फैसलापछि श्रेष्ठ फरार थिए । श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जको टोलीले ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि नख्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
Read More
चुनौती बन्दै क्षयरोगीको पहिचान

चुनौती बन्दै क्षयरोगीको पहिचान

१४ चैत,दमौली । व्यास नगरपालिकाका निवासी २८ वर्षीय पुरुष निराजन थापालाई गत फागुनमा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्यो । उहाँलाई साँझपख हल्का ज्वरो आउने र पसिना आउने लक्षण देखा परेपछि दमौली अस्पतालमा आएर परीक्षण गर्दा क्षयरोग पुष्टि भयो । “लगातार दुई हप्ता खोकी लाग्ने, छाती दुख्ने र श्वास फेर्न गाह्रो हुने लक्षण थियो, अस्पताल गएर परीक्षण गराउँदा क्षयरोग रहेछ,” उहाँले भन्नुभयो, “त्यही बेलादेखि नियमित औषधि सेवन गरिरहेको छु ।” चिकित्सकको सल्लाहबमोजिम छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भएकाले हाल लक्षण कम हुँदै गएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले लक्षण कम…
Read More
‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार दाहाल र अधिकारीलाई

‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार दाहाल र अधिकारीलाई

१४ चैत,विराटनगर । नेपाल पत्रकार महासङ्घ मोरङले यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार सूचनाको हकको क्षेत्रका अभियन्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालको अध्यक्षतामा मङ्गलबार बसेको कार्यसमितिको १६औँ बैठकले रु ५० हजार ५१ राशिको उक्त पुरस्कार दाहाल र रु १५ हजार ५१ राशिको प्रोत्साहन पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको हो । ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’बाट यसअघि विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा र गजेन्द्र बुढाथोकी पुरस्कृत भइसक्नु भएको छ । यस्तै ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ, गणेश लम्साल,…
Read More
रक्सौल-काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै

रक्सौल-काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै

१४ चैत,वीरगञ्ज । भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । “भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङ्कण)को प्राविधिक टोलीले रेलमार्गको डिपिआर तयार पारिरहेको छ”, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले भन्नुभयो, “एक महिनाभित्र डिपिआर तयार भइसक्छ ।” डिपिआर स्वीकृतपछि निर्माणले गति लिने उहाँको भनाइ छ । नेपाल र भारतबीच २०७६ साल भदौ १५ मा रक्सौल–काठमाडौँ रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सम्झादारी पत्रमा हस्ताक्षर भएपछि डिपिआर तयार पार्न नेपालले २०७७ सालमै भारतलाई औपचारिक प्रस्ताव पठाएको…
Read More
खुकुरी प्रहार गरी वृद्धको हत्या

खुकुरी प्रहार गरी वृद्धको हत्या

१४ चैत,रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो । खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट उनको टाउकोमा गहीरो चोट लागेको थियो । श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडाँै गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए ।…
Read More
झापाका किसानलाई शत्प्रतिशत अनुदानमा ‘डिप बोरिङ’

झापाका किसानलाई शत्प्रतिशत अनुदानमा ‘डिप बोरिङ’

१४ चैत,झापा । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पु¥याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ । नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालिकाको सातवटै वडा र भद्रपुर नगरपालिकाको १, २ र ३ मा यसै वर्षदेखि परियोजना लागू भएको हो । झापा भूमिगत सिँचाइ परियोजनाका इन्जिनियर भूविक्रम नेम्बाङका अनुसार कचनकबल र भद्रपुरका १० वटा वडामा शत्प्रतिशत अनुदानमा एक सय ७१ वटा ‘डिप बोरिङ’ स्थापना गरेर आठ हजार पाँच सय बिघा जग्गामा बाह्रैमास सिँचाइ सुविधा…
Read More
चैती छठ पर्व सम्पन्न

चैती छठ पर्व सम्पन्न

१४ चैत,जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धुमधामका साथ चैती छठ पर्व सम्पन्न भएको छ । छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । सत्य र अहिंसाप्रति मानवको रुचि…
Read More
Page 327 of 452
1 … 325 326 327 328 329 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.