समाज

दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ

दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ

२० चैत , काठमाडौँ।   नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सय भन्दाबढी मुलुकका श्रमिक कार्यरत छन् । नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक छन् । बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको सङ्ख्या पनि उल्लेख्य छ । सन् २०१७ यता सबैभन्दा बढी सात हजार पाँच सय चिनियाँ नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेका छन् । दुई हजार चार…
Read More
दुई करोड लगानीमा दाना उद्योग सञ्चालनमा

दुई करोड लगानीमा दाना उद्योग सञ्चालनमा

२० चैत, नवलपुर ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ । गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लगानीमा गैँडाकोट–११ मा ‘मुकुन्दसेन दाना उद्योग’ सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष श्रेष्ठले उद्योग सञ्चालनका लागि संस्थागत लगानी रु ३९ लाख चार सय ६२, बैंक ऋण रु ५८ लाख ४८ हजार छ सय…
Read More
मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै

मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै

२० चैत, मुस्ताङ ।  मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख लागतमा सङ्कलन तथा चिस्यान केन्द्र बन्न लागेको हो । घरपझोङ गाउँपालिका–२ सामग्री टोल नजिकै बन्ने उक्त केन्द्रको निर्माण तत्काल सुरु गरिने फलफूल तथा स्याउ ग्रेडिङ मेसीन उपभोक्ता समितिका सचिव सकबहादुर लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७९÷८० को लागि केन्द्रका लागि गण्डकी प्रदेश कृषि विकास निर्देशनालयबाट रु एक करोड ४१ लाख बिनियोजन गरिएको छ । सरकारको ८५ र कृषकको १५ प्रतिशत अनुदानमा यसको निर्माण हुनेछ । चिस्यान केन्द्र बनेसँगै…
Read More
ग्यास ट्याङ्कर पल्टिँदा मृत्यु

ग्यास ट्याङ्कर पल्टिँदा मृत्यु

 २० चैत , चितवन।  पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमानै मृत्यु भएको हो । ट्याङ्करमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ । अर्का एक जनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।…
Read More
बलात्कारको झुटो मुद्दा लगाउने तीन महिलालाई कैद सजाय

बलात्कारको झुटो मुद्दा लगाउने तीन महिलालाई कैद सजाय

रोल्पा । रोल्पा जिल्ला अदालतले जबरजस्ती करणीका तीनवटा मुद्दा झुटो भएको ठहर गरेको छ । अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय पनि सुनाएको छ । जबरजस्ती करणीमा चलाइएका तीन मुद्दा झुटो ठहरिएपछि आरोप लगाउने महिलालाई नै ३/३ महिना कैद सजाय हुने फैसला गरिएको हो जिल्ला अदालतको यही चैत ६ गतेको फैसलाअनुसार जबरजस्ती करणीको झुटो जाहेरी दिएकी माडी गाउँपालिकाकी एक महिलालाई तीन महिना कैद सजाय तोकिएको छ । त्यस्तै जिल्ला अदालतले जबरजस्ती करणीसम्बन्धी अर्को मुद्दामा लिवाङकी एक महिलालाई उनले दिएको जाहेरी झुटो ठहरेको भन्दै तीन महिना कैद सजाय हुने फैसला चैत २ गते सुनाएको…
Read More
काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै

काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै

१९ चैत,काठमाडौँ । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन । तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि हिउँदपछि मात्रै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत वर्ष जस्तै यस वर्ष पनि बर्खा सुरु भएपछि बन्द गर्नुपर्ने अवस्था रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । वर्षाको समयमा सञ्चालनका लागि केही गर्न सकिएको छैन । केही साना संरचना थपेर बाह्रै महिना चलाउन सकिन्छ…
Read More
बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन

बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन

१९ चैत,बलेवा । बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विषयगत विज्ञहरुको सम्मेलन सुरु गरेको छ । विषयगत क्षेत्रको विकास गर्दै स्रोतसाधनको अधिकतम परिचालन गर्ने उद्देश्यले पालिकाले विज्ञ सम्मेलन आयोजना गरेको हो । शनिबारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न हुदैँछ । सम्मेलनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र बाँदर नियन्त्रणसम्बन्धी विज्ञको सहभागिता रहेको नगरप्रमुख नरबहादुर पुनले बताउनुभयो । “विज्ञको परामर्शमा काम गर्दा प्रभावकारी हुने भएकाले समृद्ध जैमिनी नगर निर्माणका लागि विज्ञको भेला गरिएको हो । सम्मेलनमार्फत हामीले विषयगत क्षेत्रमा आधारभूत तहसम्मको ज्ञान उपलब्ध गर्ने अवसर मिलेको छ”, उहाँले भन्नुभयो । पालिकाले विकासको मोडल, अहिले…
Read More
‘विराटनगरका कवि र कविता’ सार्वजनिक

‘विराटनगरका कवि र कविता’ सार्वजनिक

१८ चैत,विराटनगर । साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित ‘विराटनगरका कवि र कविता’ कृतिको लोकार्पण गरिएको छ । साहित्यकार पोखरेलद्वारा सम्पादित कृतिमा १९५३ सालदेखि २०४९ सम्म जन्मिएका विराटनगरका एक सय ८३ कविका कविता समावेश गरिएका छन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार कविराज न्यौपानेले उक्त कृतिले विराटनगरको साहित्यिक इतिहासलाई अझ उजेल्न सघाउ पु¥याउने बताउनुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलका अनुसार प्रतिष्ठानले प्रकाशन गरेको यो १००औँ कृति हो । कृति विराटनगरको साहित्य अध्ययन गर्नेका लागि दस्तावेज भएको उहाँले बताउनुभयो । साहित्यकार एवम समालोचक दधिराज सुवेदीले कृति विराटनगरको साहित्यिक इतिहासमा महत्वपूर्ण अभिलेखको रुपमा रहेको उल्लेख गर्नुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव…
Read More
ऐतिहासिक कथालाई पर्दामा ल्याउन किन मुस्किल ?

ऐतिहासिक कथालाई पर्दामा ल्याउन किन मुस्किल ?

१९ चैत,काठमाडौँ । चैतको पहिलो साता काठमाडाँैंमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएको विभिन्न छलफलमा चलचित्रकर्मीले चलचित्र प्रदर्शनीबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवद्र्धन भइरहेको निष्कर्ष निकालेका थिए । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजको रूपमा समेत बुझ्ने गरिन्छ । अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेशभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर…
Read More
मार्चमा करिब एक लाख पर्यटक भित्रिए

मार्चमा करिब एक लाख पर्यटक भित्रिए

१९ चैत,काठमाडौँ । गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट तीन हजार ९५८ जना पर्यटक नेपाल आएका छन् । साथै क्यानडाबाट एक हजार ७०७, अमेरिकीबाट नौ हजार ५५७ का साथै मिडल इस्टलगायतका देशबाट १० हजार ३७५ पर्यटक नेपाल भित्रिएका छन् । यस अवधिमा सबैभनदा धेरै भारतबाट २५ हजार ९११ पर्यटक नेपाल आएका छन् । जबकी गत वर्षको मार्च महिनामा भारतबाट…
Read More
Page 315 of 452
1 … 313 314 315 316 317 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.