पुख्र्यौली नाच पुस्तान्तरण अभियानमा मगर समुदाय
२८ चैत,गलेश्वर । पुख्र्यौली सांस्कृतिक सम्पत्तिको संरक्षणमा म्याग्दीका मगरसमुदायका युवायुवतीले रुचि देखाउन थालेपछि पाका पुस्ता खुसी हुन थालेका छन् । आर्थिक सम्पत्तिलाई मात्र महत्व दिने अहिलेको पुस्ताकाबीच म्याग्दीका मगरसमुदायका युवायुवतीले पुख्र्यौली सांस्कृतिक सम्पत्ति महत्वसाथ संरक्षणमा तत्पर भएपछि यहाँ पुख्र्यौली सीपको पुस्तान्तरण अभियान सुरु भएको छ । अठारौँ शताब्दीको मध्यतिर मगर र छन्त्याल समुदायले तामा, फलाम र सिसा खानी भएका ठाउँ नजिक बस्ती बसालेर खेतीपाती गर्न थालेपछि मगर र छन्त्याल संस्कृतिको सुरुवात भएको हो । यो समुदायका महिला पुरुष दिनभर शारीरिक श्रम गरेर साँझ परेपछि रोधी बस्ने, गीत गाउने, नाच्ने र रमाइलो गर्ने चलन नै पुख्र्यौली चलनका रुपमा स्थापित भयो ।…
