समाज

हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

२ वैशाख,ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ । मेरिङ्देन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङवाङको संयोजकत्वमा गठित क्षतिपूर्ति निर्धारण समितिले जग्गा जमिनमा भएको क्षतिको विवरण सङ्कलन गरेको छ । निर्माण पक्षले तयार गरेको मापदण्डभित्र क्षति पुगेका धेरै स्थानीयवासीले यसअघि नै क्षतिपूर्ति पाए पनि कतिपयले आफ्नो जग्गा जमिनमा क्षति पुगेको भन्दै क्षतिपूर्ति माग गर्न थालेपछि उक्त समिति बनेको थियो । मिक्वाखोला गाउँपालिकातर्फ खोलाले कटाएको जमिनको नाप नक्सा हेरेर पीडितलाई सम्बोधन गर्ने जस्ता विषयमा जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल भएको समितिका संयोजक दुर्गाप्रसाद चोङवाङले बताउनुभयो…
Read More
आजदेखि सुरु भयो २०८० साल, हर्षोल्लासका साथ मनाइँदै

आजदेखि सुरु भयो २०८० साल, हर्षोल्लासका साथ मनाइँदै

काठमाडाैं । आजदेखि विक्रम संवत् २०८० सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको बताइन्छ । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु…
Read More
निगमको विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक

निगमको विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक

३० चैत,काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । यात्रुहरूको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्तीरहित पोषाकको व्यवस्था गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ब्यागेज ह्याण्डलिङ सेवा सुधारका लागि आजदेखि कर्मचारीलाई खल्तीरहित पोषाकको व्यवस्था गरिएको छ । ब्यागेज ओसारपसार गर्ने ट्रलीमा बार तथा चेन लगाइएको छ भने लगेज सुरक्षासम्बन्धी कर्मचारी खटाइनुका साथै वर्षाको पानीले ब्यागेज भिज्नबाट बचाउन ब्यागेज ट्रलीमा छाना व्यवस्था गरिएको छ । त्यस्तै ब्यागेजसम्बन्धी गुनासो सुनुवाइका लागि विमानसथलमास्थित ब्यागेज ह्याण्डलिङ युनिटलाई २४ घण्टा नै क्रियाशिल…
Read More
चार वर्षदेखि हुलाकी सडक निर्माण प्रभावित

चार वर्षदेखि हुलाकी सडक निर्माण प्रभावित

३० चैत,महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा निर्माणाधीन हुलाकी सडकको डेढ किलोमिटर सडक निर्माण चार वर्षदेखि अलपत्र छ । डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर सडकमध्ये ३६ किलोमिटर भने कालोपत्र भइसकेको छ । तीन चरणमा निर्माण भइरहेको उक्त सडकको पहिलो चरणअन्तर्गत (डोकेबजारदेखि बेलौरीसम्म)को निर्माण अन्तिम चरणमा भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले जनाएको छ । दोस्रो र तेस्रो खण्डको निर्माण सुस्त गतिमा भइरहेको कार्यालयका प्रमुख सविन जोशीले बताउनुभयो । उहाँले बेलौरी नगरपालिका-८ पचुँइ क्षेत्रमा एक हजार छ सय मिटर सडक सीमा विवादका कारण निर्माण रोकिएको बताउनुभयो । वर्षांैदेखि भारतीय पक्षले अवरोध गरेकाले निर्माण रोकिएको प्रमुख जोशीको भनाइ छ ।…
Read More
भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह

भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह

३० चैत,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गर्नुभएको छ । जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय ८० जना चिनियाँ पर्यटकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि विमानस्थलमै चिनियाँ राजदूतसँगको भेटमा मन्त्री किरातीले भैरहवा र पोखराबाट पनि चीनसम्म सिधा उडानका लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गर्नुभएको हो । पर्यटनमन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पर्यटकको समूहलाई स्वागत गर्दै उहाँहरुको…
Read More
वर्ष २०७९ : निर्वाचनको वर्ष

वर्ष २०७९ : निर्वाचनको वर्ष

३० चैत,काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिदेखि राष्ट्रप्रमुखसम्मको निर्वाचन सम्पन्न भएको वर्ष-२०७९ राजनीतिक दलको सम्बन्ध पनि उतारचढावपूर्ण वर्षका रूपमा रह्यो । वर्ष-२०७९ बिदा हुँदै गर्दा आउँदो २०८० वैशाख १० गते प्रतिनिधिसभाका रिक्त तीन ओटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन तयारी भइरहेको छ । गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट आरम्भ भएको चुनावीयात्रा यस वर्षका लागि चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनसँगै सकिएको थियो । नेपालको संविधानको प्रस्तावनामा उल्लिखित प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, मानवअधिकार, नागरिक स्वतन्त्रता, वालिग मताधिकार र आवधिक निर्वाचनलाई संस्थागत गर्न निर्वाचन एक महत्वपूर्ण आधारस्तम्भ मानिन्छ । नेपालको संविधान एवं कानूनले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र…
Read More
बाजुराका एक बालकमा कालाजार भेटियो

बाजुराका एक बालकमा कालाजार भेटियो

३० चैत,बाजुरा । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचा।का क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बालकमा कालाजारका साथै कुपोषण छ भने शरिरमा दुई प्वाइन्ट मात्र रगत छ । रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी…
Read More
खानेपानीका मूल जोगाउन ताल संरक्षण

खानेपानीका मूल जोगाउन ताल संरक्षण

३० चैत,गलकोट । पछिल्लो समय जथाभावी सडक निर्माण गर्दा मूल सुक्दै जान थालेका छन् । बर, पिपल चौतारी र पोखरी क्रमशः मासिँदै जाँदा मूलसमेतमा प्रत्यक्ष असर पर्न थालेपछि बागलुङको काठेखोला गउँपालिकाले वस्तीमाथिको ताल संरक्षण गर्न थालेको छ । उक्त गाउँपालिका–४ स्थित तङ्ग्रामको शिरमा रहेको खोरताल संरक्षण गर्न थालिएको हो । पछिल्लो समय उक्त ताल सुक्दै गएपछि ताल मुनिका मुहानसमेतमा असर पर्न थालेकाले संरक्षण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । ताल संरक्षणसँगै तालमुनिका मूल सिञ्चित हुने र तालको रमणीय दृश्यका लागि आन्तरिक पर्यटकसमेत भित्र्याउने लक्ष्यका साथ अहिले ताल संरक्षणको काम भइरहेको गाउँपालिकाका प्रवक्ता टीकासङ्घम विकले जानकारी दिनुभयो । पौराणिक ताल पछिल्लो…
Read More
सडकका ८५ प्रतिशत बालक यौन हिंसामा

सडकका ८५ प्रतिशत बालक यौन हिंसामा

३० चैत,काठमाडौँ । बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । भ्वाइस अफ चिल्ड्रेनले आज यहाँ आयोजना गरेको ‘बालकप्रति हुने यौन दुरव्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न वहानामा यौनहिंसा हुने गरेको पाइएको जानकारी दिइयो । नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९३ जना र २०७७/७८ मा ९० जना बालक यौनहिंसामा परेका गरेका छन् । भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम निर्देशक राजु घिमिरेले नातेदार, अभिभावक र विदेशी नागरिकबाट धेरै जसो बालक यौनहिंसामा पर्ने गरेको बताउनुभयो । बालकलाई फकाई फुलाई यौन हिंसाजस्ता क्रियाकलापमा सहभागि गराउने गरेको उहाँको भनाइ…
Read More
महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन

महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन

३० चैत,दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो । परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो । त्यसयता महाकाली सिँचाइको नहरमा पानी सञ्चालन हुन सकेको छैन । आयोजनाअन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ । उक्त क्षेत्रमा २२ शाखा नहर निमार्णधीन अवस्थामा छन् । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताउनुभयो । “हामीले पानी सञ्चालनका…
Read More
Page 292 of 452
1 … 290 291 292 293 294 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.