समाज

उदयपुरमा हाटबजार पुनःसञ्चालन

उदयपुरमा हाटबजार पुनःसञ्चालन

३ वैशाख ,उदयपुर । उदयपुरको मध्यपहाडी क्षेत्रको दुर्गम गाउँपालिकाका क्षेत्रमा द्वन्द्वकालमा बन्द भएका हाटबजार नया वर्षसँगै पुनः सञ्चालनमा आएका छन् । लिम्चुङबुङ गाउँपालिका–२ बराहको कटुवाल भञ्ज्याङस्थित राई चोक र मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१ स्थित माझखर्कको डाँडामा बन्द भएका हाटबजार नयाँ वर्षको सुरुआतसँगै सञ्चालन गरिएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् । लिम्चुङबुङका अध्यक्ष मेजर ककुमार राईले पुस्ताँैदेखि सञ्चालित हाटबजार सञ्चालनमा ल्याउनु जरुरी भएको बताउनुभयो । “हाटबजार सञ्चालन हुँदा किसानको उत्पादन बिक्री गर्न सहज हुन्छ, बाहिरका अन्य वस्तु पनि हाटबजारमा नै किन्न सकिन्छ”, उहाँले भन्नुभयो । गाउँपालिकाले प्रत्येक महिनाको १ गते र १५ गते हाटबजार सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै द्वन्द्वकालमै…
Read More
सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

३ वैशाख , सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू ९सघन उपचारकक्ष०मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटुरोगले समस्या महिलाको पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि छ दिनअघि अस्पतालको कोभिड वार्डको आइसीयूमा भर्ना गरिएको थियो । सङ्क्रमणदर उकालो लाग्दै सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय…
Read More
फोहरबाट दैनिक दश हजार आम्दानी गर्दैै कुश्मा

फोहरबाट दैनिक दश हजार आम्दानी गर्दैै कुश्मा

 ३ वैशाख ,पर्वत । सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ । कतिपय पालिकालाई फोहर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले व्यवस्थितरूपमा विसर्जनमात्र होइन, यसबाट आम्दानीसमेत गरिरहेका छन् । यसमध्ये कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनवाट दैनिक रु १० हजार आम्दानी गर्दै आएको छ । बजार क्षेत्रको फोहर व्यवस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएको कुश्माले फोहर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको तीन वर्ष पुगेको छ । नगरभित्रको फोहरलाई कुहिने र नकुहिने गरी व्यवस्थापन सुरु गरेको कुश्माले दुई वर्षदेखि फोहरबाट आम्दानी गर्न थालेको हो । कुश्मा–४ छमर्केस्थित घुम्तीमा फोहर व्यवस्थापन…
Read More
प्रदूषित सहरको सूची : विश्वकै एक नम्बरमा काठमाडौं

प्रदूषित सहरको सूची : विश्वकै एक नम्बरमा काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार शनिबार साँझ काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर रहेको पाइएको हो । वायुको गुणस्तर सूचकांक (एक्युआई) मा २०२ अंकसहित शनिबार साँझ काठमाडौं विश्वकै विषाक्त हावा भएको सहर पुष्टि भएको छ । प्रदूषणको हिसाबले काठमाडौंपछि नयाँ दिल्ली, थाइल्यान्डको चियाङमाई, भियतनामको हनोई, थाइल्यान्डको बैंकक र बंगलादेशको ढाका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौं नम्बरमा छन् ।
Read More
आजको मौसम : पहाडी भेगमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

आजको मौसम : पहाडी भेगमा हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । राती कोशी प्रदेशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना…
Read More
आजदेखि नयाँ शैक्षिक सत्र : विद्यार्थीका हातहातमै पाठ्यपुस्तक

आजदेखि नयाँ शैक्षिक सत्र : विद्यार्थीका हातहातमै पाठ्यपुस्तक

काठमाडाैं । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो । यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले आइतबारदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ । यस वर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६–१० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री…
Read More
वर्षमानकी आमालाई गोली लाग्नु ‘दुर्घटना’ भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

वर्षमानकी आमालाई गोली लाग्नु ‘दुर्घटना’ भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं । नेपाल प्रहरीले नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरमाथि गोली प्रहारको घटना ‘दुर्घटना’ भएको जनाएको छ । उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न प्रहरी सहायक हवल्दार प्रकाश पुनमगरलाई आज बिहान प्रहरीले बागडोलबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालयस्थित नं १ गणमा आन्तरिक थुनामा राखेको छ । प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए । उनले भने, “प्रारम्भिक अनुसन्धानबाट नियतवश गोली हानेको जस्तो देखिँदैन । यो दुर्घटना हो । यस विषयमा थप अनुसन्धान भइरहेको…
Read More
पाउने भए होस्दीवासीले शुद्ध पिउने पानी

पाउने भए होस्दीवासीले शुद्ध पिउने पानी

२ वैशाख,रामपुर (पाल्पा) । गाउँमा खानेपानीको सुविधा नहँुदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन् । सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका स्थानीय । वर्षौँदेखि खानेपानीको आशामा रहेका यहाँका स्थानीयले अहिलेसम्म पनि सफा, शुद्ध खानेपानी उपभोग गर्न पाएका छैनन् । सरकारको ‘एक घर, एक धारा’ कार्यक्रमअनुसार घर–घरमा शुद्ध पिउने पानी पु¥याउने उद्देश्यले यहाँ होस्दी लिफ्टिङ खानेपानी आयोजना सुरु भएको छ । शुद्ध पिउने पानी उपभोग गर्ने स्थानीयको वर्षौँदेखिको सपना पूरा हुँदैछ । यसै आर्थिक वर्षदेखि होस्दी गाउँका करिब ८० परिवारलाई लक्षित गरेर खानेपानी आयोजनाको काम अगाडि बढाइएको छ…
Read More
शोकसभामा सहभागी हुन हिँडेका आठ जनाको दुर्घटनामा मृत्यु

शोकसभामा सहभागी हुन हिँडेका आठ जनाको दुर्घटनामा मृत्यु

२ वैशाख,एजेन्सी । उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानबाट आएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । छ जनाको घटनास्थलमा नै मृत्यु भएको बताउँदै श्रावस्तीका प्रमहरी उपरीक्षक प्राची सिंहले गम्भीर घाइते भएका आठ जनालाई बहराइच अस्पताल पठाएको जानकारी दिएकी छन् । मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको…
Read More
सिन्दुरले रङ्गियो मध्यपुरथिमि

सिन्दुरले रङ्गियो मध्यपुरथिमि

२ वैशाख,भक्तपुर । हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर टोल–टोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भीडमा रमाएका देखिन्थे । आज मध्यपुरथिमिका बासिन्दालेसुथसिया अर्थात् बिहानीको जात्रा हर्षोल्लासपूर्वक मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोल–टोलका देवता विराजमान खट जात्रा गरी टोल–टोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणमा २६ देवी–देवता विराजमान खटलाई ल्याएर मन्दिरको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा नाच्दै, अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।…
Read More
Page 289 of 452
1 … 287 288 289 290 291 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.