कौसी खेतीमा रमाउँदै बेनीका महिला
९ वैशाख,गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबजारको हुलाक चोककी साधनाकुमारी श्रेष्ठ पेसाले सरकारी कर्मचारी हुनुहुन्छ । इन्द्रेणी टोलकी भावना पौडेल र पूर्ण राम्जाली गृहिणी हुनुहुन्छ । उहाँहरुको फुर्सदको समय घरको छतमा गरिएको कौसी खेतीमा बित्ने गर्छ । म्याग्दी सदरमुकाम बेनी बजारका प्रायः सबै घरका छतमा घिरौँला, टमाटर, साग, धनियाँ, लौका र खुर्सानी लटरम्मै फलेका छन् । बढ्दो घर निर्माणसँगै बेनी बजारमा करेसाबारीका लागिसमेत जमिन नभएपछि स्थानीयले घरको छतमा तरकारी खेती गर्न थालेका हुन् । छतमा राखिएका गमलामा लटरम्म फलेका टमाटर, घिरौँला, करेला, काँक्रा, सिमी, खुर्सानीदेखि लिएर स्ट्रबरी, कागतीलगायत तरकारी र फलफूलले घरका छत भरिएका छन् । चार–पाँचतला माथिका छतमा लटरम्मै फलेका…
