समाज

बाह्र सय घरधुरी विद्युत्को पहुँचमा

बाह्र सय घरधुरी विद्युत्को पहुँचमा

१७ वैशाख,सिमकोट । हिमाली जिल्ला हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका एक हजार दुई सय घरधुरी विद्युुत्को पहुँचमा पुगेका छन् । टुकी बाल्दै आएका स्थानीयका लागि विद्युुत् आयोजना र सोलार मिनिग्रिट निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युुतीकरणको पहुँचमा जोडिएका हुन् । ताँजकोटमा भएका कूल एक हजार दुुई सय घरधुरी पूर्णरूपमा विद्युुतिकरणको पहुँचमा जोडिएका हुन् । जिल्लाका सात स्थानीय तहमध्ये सिङ्गो गाउँपालिकामा विद्युुतीकरण भएको ताँजाकोट पहिलो भएको छ । गाउँपालिकामा एउटा विद्युुत् आयोजना र चार स्थानमा सोलार मिनिग्रिट निर्माण भएर विद्युुत उत्पादन भई आपूर्ति भएपछि सिङ्गो गाउँपालिकामा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । त्यसमा आठ सय ५० घुरधुरी जलविद्युुत्को…
Read More
नेपालगञ्जमा ‘नो पार्किंङ’ मै ‘पार्किंङ’

नेपालगञ्जमा ‘नो पार्किंङ’ मै ‘पार्किंङ’

१७ वैशाख,जानकी । नेपालगञ्जको पुष्पलाल चोक, धम्बोजी र ट्राफिक पोष्ट अगाडिको ‘नो पार्किंङ’ ‘पार्किंङ’ जस्तै देखिन थालेका छन् । जथाभावी रुपमा भएका पार्किङ्ले नगरको सौन्दर्य विगाुर्नका साथै जथाभावी सडकको लेन क्रस गरेर हिँडिरहँदासमेत प्रहरीले कारबाही गर्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । ‘नो पार्किंङ’ भनेर राखिएको साइनबोर्डलाई वरिपरीबाट घेरेर दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल) पार्किंङ गर्दा पनि प्रहरीले ध्यान दिएको पाइदैन । यतिमात्र होइन जेब्रा क्रसिङमा समेत सवारी साधन रोकिरहेको अवस्थामा पनि ड्युटीमा खटिएका प्रहरी निरीह देखिएको स्थानीयले बताएका छन् । ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले सवारी साधनको चाप बढी भएको र ट्राफिक जनशक्ति कम भएकाले व्यवस्थापन गर्न…
Read More
यसरी सम्भव भयो मल्लरानीमा लगातार दुई आर्थिक वर्ष बेरुजु शून्य

यसरी सम्भव भयो मल्लरानीमा लगातार दुई आर्थिक वर्ष बेरुजु शून्य

◊बालकृष्ण थापा १७ बैशाख ,काठमाडाैं ।  महालेखा परीक्षकको कार्यालयले ६०औं वार्षिक प्रतिवेदन ३० चैत २०७९ मा सार्वजनिक गरेको छ। ७५३ स्थानीय तहहरूमध्ये मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिका प्यूठानको लगातार दुई आ.व. को बेरुजु शून्य कायम भएको छ। मल्लरानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा करिब २९ महिना काम गर्दै गर्दा लगातार दुई आर्थिक वर्ष ९२०७७र७८ र २०७८र७९० मा बेरुजु शून्य कायम भएको अनुभव साट्न प्रयत्न गरिएको छ। हुन त बेरुजु शून्यको कुरा त्यति ठूलो र महत्वपूर्ण नलाग्न सक्दछ तर महालेखा परीक्षकको कार्यालयको पछिल्ला प्रतिवेदनहरू अध्ययन गर्दा स्थानीय तहहरूले आर्थिक अनुशासन पालना नगरेको र बेरुजुको रकम बढ्दै गइरहेको देखाउँछन्। यसै परिप्रेक्ष्यमा मैले…
Read More
पाथीभरामा टी हाउस

पाथीभरामा टी हाउस

१७ वैशाख,फुङ्लिङ । तीर्थयात्रीको सुविधाका लागि ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा टी हाउस निर्माण गरिएको छ । समुद्र सतहदेखि तीन हजार सात सय ९४ मिटरमा अवस्थित पाथीभरा मन्दिर क्षेत्रमा टी हाउसका साथै अन्य संरचना पनि निर्माण हुँदै गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । टी हाउसको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । टी हाउसका लागि तीन वटा ब्लक निर्माण गरिएको छ । पहिलो ब्लकमा टी हाउस दोस्रो ब्लकमा प्राथमिक उपचार कक्ष र तेस्रो ब्लकमा विश्राम कक्ष छ । टी हाउसको निर्माण जिल्लाको सिलौटी निर्माण सेवा प्रालिले गरिहेको छ । ठेकेदार कम्पनीका…
Read More
 पहिरोले अरुण तेस्रोको डाइभर्सन टनेल थुनियो

 पहिरोले अरुण तेस्रोको डाइभर्सन टनेल थुनियो

१७ बैशाख, काठमाडाैं । संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ। आइतबार बिहान मकालु गाउँपालिका –३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि डाइभर्सन टनेल थुनिएर ताल बनेको छ। अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए। अहिले आयोजनाको ड्यामसाइडको अस्थायी बाँधमा पानी भरिएको छ। टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको प्रहरी प्रमुख गोदारले बताए। पहिरोले अरुण थुनिएपछि २ किलोमिटर माथिसम्म ताल बनेको छ। टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको हो। अरुण नदीलाई वहाव परिवर्तन गरी…
Read More
नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण

नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण

१७ वैशाख,जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका एक पूर्ववडाअध्यक्ष र वडा सचिवले नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा वितरण गरेको रहस्य खुलेको छ । सम्सी गाउँपालिका–२ पर्सादेवाडका विसं २०७४ मा निर्वाचित वडाध्यक्ष मोहम्म्द मकसुद र तत्कालीन वडासचिव मनोहर मण्डलले नेपाली नागरिकताको प्रमाणपत्रमा केरमेट गरी २२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्य बाहिर आएको छ । उनीहरूको मिलेमतोमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुईवटा नागरिकता नम्बर प्रचलनमा ल्याएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । साथै एउटै व्यक्तिको नागरिकता नम्बरलाई केरमेट गरी फरकफरक नाम र जन्ममिति राखी सामाजिक सुरक्षा भत्ता खाने उमेर बढाएको पनि…
Read More
सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

१७ बैशाख ,काठमाडाैं ।   सिन्धुलीको कमलामई नगरपालिका वडा नं.२ पिपलभञ्ज्याङमा कार दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएको छ । काठमाण्डौंबाट सिन्धुली तर्फ आउने क्रममा विपी राजमार्ग अन्तरगत पिलभन्ज्याङमा बा ८ च ९१३५ नम्बरको कार आईतवार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा सिन्धुली मरिण गा।पा। कपिलाकोट घरभई काठमाण्डौं गौरीघाट बस्ने बर्ष ४३ को साहारा प्रसाई र काभ्रे पनौति न।पा।का अन्दाजी वर्ष ५० का कुमार पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो । गम्भिर घाईते प्युठान न.पा. ८, प्युठानका योगेन्द्र…
Read More
मिटरब्याज पीडितको न्यायका लागि सरकार अगाडि बढ्छ : गृहमन्त्री

मिटरब्याज पीडितको न्यायका लागि सरकार अगाडि बढ्छ : गृहमन्त्री

१७ वैशाख,जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन(मिटरब्याज) सम्बन्धी पीडितहरुको न्यायका लागि सरकार निर्ममतापूर्वक अगाडि बढ्ने बताउनुभएको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, केन्द्रीय कार्यालयको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले मिटरब्याज समस्यालाई सामन्तवादको अवशेषको संज्ञा दिँदै यस्तो समस्या समाधान र पीडकहरुलाई कानुनको कट्घरामा ल्याउन सरकार निर्ममतापूर्वक प्रस्तुत हुने बताउनुभयो । मिटरब्याजीहरुले विभिन्न बहाना, शक्ति र कागजको आधार देखाउँदै शोषण गरिरहेको भन्नुहुँदै गृहमन्त्री श्रेष्ठले वर्तमान सरकारलाई कुनै प्रकारका अनुचित कारोबार सैह्य नहुने स्पष्ट पार्नुभयो । “लाखौ शोषित पीडत जनताको योगदानबाट देशमा परिवर्तन आएको छ तर पनि समाजमा विभिन्न नामका उत्पीडन, शोषण र सामन्तवादका अवशेषहरु बाँकी छन्,…
Read More
आलेख : बैंस नआएका लालीगुराँस

आलेख : बैंस नआएका लालीगुराँस

१७ वैशाख,फुङ्लिङ । चैत–वैशाख महिना वनपाखामा ढकमक फूलेर राताम्य हुनु गुराँसको विशेषता नै हो । त्यसैले त अरु फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन सकेको छ । अस्थित्व राख्न सफल भएको हुनसक्छ । तर अहिले ठिङ्रिङ उभिएको देख्दा कति लाज लागेको होला ? धेरैको मनमा एउटै जिज्ञासा पाइन्छ, चैत–वैशाख ढकमक फुल्ने गुराँसलाई यस वर्ष किन बैंस नआएको होला ? पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ । तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल छ । किन कि अरु रुखभन्दा त्यति भिन्नता देखिँदैन । पाथीभरा मन्दिरमा प्रत्येक दिन पूजापाठ गर्न जाने आउने तीर्थयात्री एकैछिन उभिएर यसो हेर्ने गर्दछन् ।…
Read More
भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण

भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण

१६ बैशाख,काठमाडौँ । कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौँस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो । उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको छ । आफू रोएर पनि अरुलाई हसाउन सक्ने स्वभावका भैरव अर्यालको वास्तविक घटनामा आधारित रही पुस्तक लेखिएको लेखक सिन्धुलीयको भनाइ छ । कार्यक्रममा पत्रकार रोचक घिमिरेले हास्यव्यङ्ग्य क्षेत्रमा भैरव अर्यालको अतुलनीय योगदान रहेको बताउनुभयो । भैरव आर्यालले हास्यव्यङ्ग्य क्षेत्रमा लेख्नुभएका लेखमार्फत नेपाली साहित्य जगतले ठूलो फड्को मारेको उहाँको भनाइ छ । भैरव अर्यालसँग निकट सम्बन्ध भएका कारण पत्रकार घिमिरेले आफू यो स्थान…
Read More
Page 264 of 452
1 … 262 263 264 265 266 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.