सूचना जारी गर्दासमेत गर्मी बिदा नदिँदा ।
२३ जेठ,जानकी । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुनेगरी आइतबारदेखि २३ गते मङ्गलबारसम्म बन्द गरिएको सूचना जारी गरेको थियो । उक्त सूचनाविपरीत पठनपाठन सञ्चालन गरेको जनाउँदै आदर्श माध्यमिक विद्यालय नेपालगञ्ज, जयबागेश्वरी बोर्डिङ स्कुललगायतका विद्यालयमा नगर प्रहरी पठाएर बन्द गराइएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाको सूचनाविपरीत पढाइ सञ्चालन भएपछि उपमहानगरपालिकाले ती विद्यालयमा नगर प्रहरी…
