समाज

कनकाईका २८ परिवारलाई जग्गाधनी पुर्जा

कनकाईका २८ परिवारलाई जग्गाधनी पुर्जा

२५ जेठ,सुरुङ्गा  । झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । नगरमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले धनीपुर्जा वितरण गर्नुभएको हो । मन्त्री चौधरीले कनकाई–५ का दलित भूमिहीन वरदान मण्डल र रेतिया मण्डललाई जग्गाधनीपूर्जा प्रदान गरेर सो कार्यको सुरुआत गर्नुभयो । कनकाई–५ का २२ र कनकाई–८ का छ भूमिहीनदलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष महेन्द्र खड्का, राष्ट्रिय भूमि आयोगका…
Read More
सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान

सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान

२५ जेठ,भेरीगङ्गा । सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । पैसठ्ठी शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरुमा दादुरा भेटिएको हो । वीरेन्द्रनगर र चिङ्गाड दुई÷दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ । यही जेठ २८ गतेदेखि सुर्खेतका नौवटै पालिकामा दादुराविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । दुई चरणमा सञ्चालन हुने उक्त खोप अभियन आगामी असार ५ गतेसम्म सञ्चालन गरिने छ । पहिलो चरणमा बराहाताल, चिङ्गाड, भेरीगङ्गा र लेकबेँसी तथा दोस्रो चरणमा वीरेन्द्रनगर चौकुने, सिम्ता, पञ्चपुरी र गुर्भाकोटमा खोप अभियान सञ्चालन…
Read More
चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

२५ जेठ,पाँचथर । नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाउनुभएको छ । मङ्गलबार चिवाभञ्ज्याङको भ्रमण गर्नुभएका उहाँले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो नाका खोल्न प्रदेश सरकार लागिपरेको बताउनुभयो । “चिवाभञ्ज्याङ नाकाबाट कसरी फाइदा लिन सकिन्छ लागिपरेको छु”, मुख्यमन्त्री तामाङले भन्नुभयो, “मैले बारम्बार नीति आयोगको सभामा यो विषय उठाउने गरेको छु ।” भारतको केन्द्रीय सरकारसित चिवाभञ्ज्याङमा नाका खोल्न छलफल भएको मुख्यमन्त्री तामाङको भनाइ छ । “केन्द्र सरकार यसबारे सकारात्मक छ”, उहाँले भन्नुभयो । चिवाभञ्ज्याङलाई नाकाको विकास गर्ने उद्देश्यले सिक्किम राज्य सरकारले ५६ करोड भारतीय रुपैयाँ खर्चेर उत्तरे बजारदेखि चिवाभञ्ज्याङसम्म २२ किलोमिटर सडक विस्तार गरेको…
Read More
आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ

आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ

२४ जेठ, काठमाडौं ।  आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराबो देवताल गाउँपालिका ४ तिप्राडी टोल बस्ने सर्फुदिन अन्सारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । १४ दिनका छोराको हत्या गरी अन्सारी फरार भएको भन्दै खोजतलासाका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट पत्रचार भएको र त्यसकै आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको चन्द्रागिरिबाट चन्द्रागिरी नगरपालिका ढुंगेअड्डा पिपलबोट पक्रेको रेग्मीले बताए । पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बारा पठाइएको छ ।
Read More
दादुरा रोगविरुद्धको खोप अभियान

दादुरा रोगविरुद्धको खोप अभियान

२४ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइने भएको हो । देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिइन थालिएको हो । उहाँका अनुसार यसअघि नेपालमा १३ जिल्लामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको थियो । दादुरा रुवेलारोग…
Read More
ललितपुरको प्याराडाइज इन्टरनेशनल मेनपावरमा विभागको छापा

ललितपुरको प्याराडाइज इन्टरनेशनल मेनपावरमा विभागको छापा

काठमाडौँ । ललितपुरको प्याराडाइज इन्टरनेशनल मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ । वैदेशिक रोजगारीमा जान चाहनेहरू सयौँ युवालाई भेला गरेर अवैध रुपमा अन्तरवार्ता लिइरहेको उजुरीका आधारमा विभागको टोलीले बुधबार छापा मारेको हो । बखुन्डोलस्थित मेनपावरको कार्यालयमा कतार र मलेसिया लैजाने भन्दै धमाधम अन्तरवार्ता भइरहेको थियो । तर, उनीहरुले एक कम्पनी भनेर अर्को अर्को कम्पनीका लागि अन्तरवार्ता लिएको तथा फ्री भिसा फ्री टिकट हुनुपर्नेमा लाखौँ रुपैयाँ असुल्ने योजना बनाएको विभागको भनाइ छ । विभागले प्रक्रिया पुरा गरेर छापा मार्दै मेनपावरका केही कागजात नियन्त्रणमा लिएको छ । विभागको टोली मेनपावरमा पुगेपछि अवैध कार्य गर्नेहरुको भागाभाग भएको छ ।
Read More
रोगको प्रकोपले किसान चिन्तित

रोगको प्रकोपले किसान चिन्तित

२४ जेठ,गलेश्वर । खडेरीका कारण धानको बीउ राख्न र मकै गोडमेल गर्न नपाएका म्याग्दीका किसानले लगाएको खेती र फलफूलमा रोग र कीराको प्रकोप देखिएपछि चिन्तित बनेका छन् । किसानले लगाएको फलफूलमा औंसा, केरामा खपटे गवाँरो र मकै बालीमा फौजी कीराको प्रकोप देखिएको छ । फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौँला, गोलभेँडालगायत बालीमा औंसा रोग लाग्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । मकैमा फैजी कीरो र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएको कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । “प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औंसा कीरोको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन्”, उहाँले भन्नुभयो । कार्कीका…
Read More
दादुरा रोगविरुद्धको खोप अभियान

दादुरा रोगविरुद्धको खोप अभियान

२४ जेठ , काठमाडौँ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइने भएको हो । देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिइन थालिएको हो । उहाँका अनुसार यसअघि नेपालमा १३ जिल्लामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको थियो । दादुरा…
Read More
६ महिनादेखि लिभिङ टुगेदरमा बसेका प्रेमीले गरे प्रेमिकाकाे हत्या

६ महिनादेखि लिभिङ टुगेदरमा बसेका प्रेमीले गरे प्रेमिकाकाे हत्या

काठमाडौं । काठमाडौंको ठमेलमा एक जना युवतीको हत्या भएको छ। चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो। तामाङको हत्या गरेको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ। उनीहरूबीच आपसी विवाद भई कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरू डेरा लिएर ठमेलमा ६ महिनादेखि लिभिङ टुगेदर गरी बसेका थिए। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Read More
एसिया कप : पाकिस्तानको हाइब्रिड मोडल तीन देशले गरे अस्वीकार

एसिया कप : पाकिस्तानको हाइब्रिड मोडल तीन देशले गरे अस्वीकार

२४ जेठ ,काठमाडौं ।  श्रीलंका, अफगानिस्तान र बंगलादेशले एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको हाइब्रिड मोडल औपचारिक रूपमा अस्वीकार गरेका दाबी गरिएको छ। यसले पाकिस्तानले आफ्नो देशमा प्रतियोगिता आयोजना गर्ने प्रयासलाई थप कमजोर बनाएको छ। श्रीलंका क्रिकेट (एसएलसी), बंगलादेश क्रिकेट बोर्ड ९बीसीबी० र अफगानिस्तान क्रिकेट बोर्ड ९एसीबी० ले चार खेल पाकिस्तानमा आयोजना गर्ने र बाँकी खेल युएईमा गर्ने हाइब्रिड मोडल औपचारिक रूपमा अस्वीकार गर्दै पत्र लेखेका छन्। पाकिस्तानका पूर्व कप्तान रशीद लतिफले भनेका छन्, ‘भारत र ३ देशले एसिया कपका लागि हाइब्रिड मोडल अस्वीकार गरे, एउटै स्थानमा हुने पर्नेमा सहमती जनाएका छन्।’ उनले…
Read More
Page 216 of 452
1 … 214 215 216 217 218 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.