समाज

सत्तरी घरबस्ती जोगाउन खानीखोलामा तटबन्ध

सत्तरी घरबस्ती जोगाउन खानीखोलामा तटबन्ध

३० जेठ , तनहुँ ।   जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानीखोला क्षेत्रका बस्ती जोगाउन तटबन्धन निर्माण भएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय र मुग्लिन–पोखरा पूर्वी सडक आयोजनाको संयुक्त सहयोगमा तटबन्ध निर्माण गरेको हो । तटबन्धकार्यपश्चात त्यस क्षेत्रका झन्डै ७० घरधुरीको संरक्षण भएको वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिनुभयो । वर्षायाम सुरु भएसँगै त्यस क्षेत्रका मानिस रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेकाले तटबन्ध निर्माणपश्चात समस्या हटेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७९÷८० मा गण्डकी प्रदेश सरकार पूर्वमन्त्री हरिबहादुर चुमानको पहलमा बस्ती संरक्षणका लागि रु आठ लाख विनियोजन भएको हो । वडाध्यक्ष गुरुङको पहलमा मुग्लिन–पोखरा पूर्वी सडक आयोजनाले एक सय २० र गण्डकी प्रदेश…
Read More
बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

३१ जेठ , दमौली ।  तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको जानकारी दिनुभयो । उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ । पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ ।” अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम…
Read More
विवाह गर्न वडाको सिफारिस अनिवार्य

विवाह गर्न वडाको सिफारिस अनिवार्य

३१ जेठ , जाजरकोट ।   जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भन्नुभयो, “बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।” विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको शिवराज गिरीले जानकारी दिनुभयो । वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य…
Read More
थारू आयोगको गुनासो : कार्यान्वयन भएन सिफारिस

थारू आयोगको गुनासो : कार्यान्वयन भएन सिफारिस

३१ जेठ, काठमाडौँ ।  थारू आयोगले सरकारसमक्ष पेस गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ । महिला तथा सामाजिक मामिला समितिको मङ्गलबार बसेको ‘आयोगको क्षेत्राधिकार, गत वर्षमा सम्पन्न कार्यक्रम, पूरा हुन नसकेका काम, चालु आर्थिक वर्षको कार्यक्रम तथा समस्यासम्बन्धी’ बैठकमा आयोगले यस्तो जनाएको हो । बैठकमा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले केन्द्रमा बसेर थारू आयोगका समस्या समाधान गर्न कठिनाइ हुने गरेको बताउनुभयो । “आयोगले केन्द्रमा बसेर थारूको बाहुल्यता रहेको तराई क्षेत्रका समुदायका समस्या पहिचान गर्न कठिनाइ भएको छ । ऐनको प्रावधानबमोजिम आयोगको कार्यालय आवश्यकतानुसार प्रदेशस्तरमा समेत स्थापना गर्न सकिने व्यवस्था रहे पनि विस्तार हुनसकेको छैन”, अध्यक्ष चौधरीले भन्नुभयो । अध्यक्ष चौधरीले…
Read More
बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

३१ जेठ,दमौली  । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको जानकारी दिनुभयो । उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ । पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ ।” अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ…
Read More
काभ्रेमा बर्सेनि अमेरिकन दूतावासको ‘बुक बस’ कार्यक्रम

काभ्रेमा बर्सेनि अमेरिकन दूतावासको ‘बुक बस’ कार्यक्रम

३१ जेठ,काभ्रे । अमेरिकन दूतावासले यस वर्ष पनि काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन गरेको छ । ‘सतोरी सेन्टर फर द आर्टस्’द्वारा उक्त कार्यक्रम हाल पनौती नगरको छ शैक्षिक संस्थामा क्रमशः सञ्चालन भइरहेको छ । शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका रूपमा मङ्गलबारदेखि सञ्चालित बुक बसमा पाँच विद्यालय र एक पुस्तकालयमा विज्ञान, प्रविधि, संरक्षणबारे कार्यशाला तथा पुस्तक पठनपाठनका कार्यक्रम हुने जनाइएको छ । विद्यार्थीलाई शैक्षिक, सांस्कृतिक तथा ऐतिहासिक नदी र वरिपरिको वातावरणबारे रुचि बढाउन कार्यक्रमको आयोजना गरिएको संयोजक सोनिया तामाङले बताउनुभयो । उहाँका अनुसार जेठ ३० देखि असार ९ गतेसम्म सञ्चालित कार्यक्रमअन्तर्गत पनौती आधारभूत विद्यालय, पुण्य हाइस्कुल, इन्द्रेश्वर मावि, सूर्योदय इङ्लिस बोर्डिङ स्कुल,…
Read More
बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत

बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत

३१ जेठ,गोरखा । गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा बोकोर्लोक ताल र बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउन स्थानीयवासी सहमत भएका छन् । ताल र बासपार्क निर्माणका लागि गठित स्थानीय समितिको पहलमा त्यस क्षेत्रका स्थानीयवासीले जग्गा उपलब्ध गराउन सहमत भएको स्थानीय समितिका संयोजक होमसिंह बस्न्यातले जानकारी दिनुभयो । गोरखाको गौरवका योजनाका रूपमा बोकोर्लोक ताल निर्माणका लागि स्थानीयवासी तयार भएको उहाँले बताउनुभयो । ताल निर्माणका लागि प्रस्ताव गरिएको स्थानमा करिब दुई सय जनाभन्दा बढी घरपरिवारको जग्गा पर्ने भए पनि उनीहरू जग्गा दिन तयार रहेको संयोजक बस्न्यातले जानकारी दिनुभयो । “बोकोर्लोक ताल निर्माणका लागि पञ्चायतकालमा नै एकपटक डिपिआर भएको थियो तर त्यो त्यत्तिकै हरायो”, उहाँले…
Read More
शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारी बन्यो आइसिटी

शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारी बन्यो आइसिटी

३१ जेठ,सुरुङ्गा  । शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी ९सूचना र सञ्चार प्रविधि०को प्रयोग प्रभावकारी देखिएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीको चाप उच्च रहेको पाइएको हो । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना ९इभेन्ट०मार्फत नेपाल सरकारले मोहनमाया माध्यमिक विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका अनुमति प्रदान गरेसँगै अहिले सो विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुने गरेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७८र७९ देखि यो विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका लागि आर्थिक सहयोग पुर्याएसँगै परम्परागत पठनपाठनको शैलीलाई परिमार्जन गर्दै स्मार्ट प्रविधिबाट पठनपाठन हुँदै आएको छ । जसका कारण विद्यार्थीलाई सिकाउन र उनीहरूलाई बुझ्नसमेत…
Read More
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

३१ जेठ,काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहनुभएका उहाँ आज बिहान डिस्चार्ज हुनुभएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । डा अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Read More
काठमाडाैंमा दर्ताबिना सञ्चालित चिनियाँ हस्पिटलमा सिल

काठमाडाैंमा दर्ताबिना सञ्चालित चिनियाँ हस्पिटलमा सिल

काठमाडौं । बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलको प्रशासन शाखामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । सोमबार गरिएको अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको महानगरले जनाएको छ । यस्तै अस्पतालमा भर्ना भएका बिरामीलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गर्न पनि महानगरले निर्देशन दिएको छ। महानगरपालिकाको टोलीले सोमबार अस्पतालको आकस्मिक अनुगमन गरेको थियो। काठमाडौं महानगर जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले स्वास्थ्य जस्तो संवेदनशील सेवा दिने अस्पताल समेत दर्ता नभएको पाइएपछि ताला लगाइएकाे जानकारी दिनुभयाे। उक्त अस्पतालमा यसअघि प्रहरीले अवैध रुपमा चिकित्सकले काम गरेको फेला पारेपछि चिनियाँ डाक्टरलाई पक्राउ गरेको थियो। स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका…
Read More
Page 208 of 452
1 … 206 207 208 209 210 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.