समाज

५९ यात्रु सवार बुद्धको जहाज भैरहवा विमानस्थलको रनवेमा चिप्लियो

५९ यात्रु सवार बुद्धको जहाज भैरहवा विमानस्थलको रनवेमा चिप्लियो

काठमाडौं । रुपन्देहीको गौतमबुद्ध विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ । काठमाडौंबाट भैरहवा गएको नाइन एन–एओसी जहाज गएराति राति ९ बजेतिर रनवेमा चप्लिएको हो । विमानस्थल प्रशासनका अनुसार जहाजको चक्काले माटो छोएको छ । जहाज रनवेबाट ४र५ मिटर चिप्लिएर किनारमा पुगेको थियो । जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ । जहाजमा ५९ यात्रु सवार थिए । बुद्ध एयरको प्राविधिक टिम र प्रहरी तैनाथ गरी जहाजलाई तानेर एराइभलतर्फ ल्याउन प्रयास गरिरहेको विमानस्थल स्रोतले बतायो ।
Read More
त्रिशूलीमा दुई बस बेपत्ता : चालकसहित ६५ जनाको अवस्था अज्ञात, उद्धारमा कठिनाइ

त्रिशूलीमा दुई बस बेपत्ता : चालकसहित ६५ जनाको अवस्था अज्ञात, उद्धारमा कठिनाइ

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको सिमतालमा पहिरोले यात्रुवाहक बस राजमार्गबाट खसाल्दा कैयौँ यात्रुहरू त्रिशूली नदीमा बेपत्ता भइरहेको आशङ्का गरिएको अधिकारीहरूले बताएका छन्। शुक्रवार बिहान करिब साढे ३ बजे तिर दुई वटा बस त्रिशूली नदीमा खसेर हराइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्। पहिरोले धकेलेर नदीमा पुर्‍याएका दुई वटा बसहरूमध्ये एउटा वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको र अर्को काठमाण्डूबाट गौरतर्फ जाँदै गरेको रहेको बताइएको छ। पर्साको वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको बसमा २१ जना र काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा ४१ जना यात्रु भएको बुझिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए। “त्यो ठाउँमा सडक त्रिशूलीको किनार नजिकै…
Read More
चिनियाँ समूहले ३२ सय केजी सुन तस्करी गरेको सिआइबीको निष्कर्ष

चिनियाँ समूहले ३२ सय केजी सुन तस्करी गरेको सिआइबीको निष्कर्ष

काठमाडौं । चिनियाँ गिरोहले नेपालमा करिब एक वर्षको अवधि तीन हजार एक सय ९४ केजी सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ । गत वर्ष बरामद भएको ६०) केजी सुनमाथि दोस्रो चरणको अनुसन्धान गर्ने क्रममा ठूलो मात्रामा सुन तस्करी भएको प्रमाण भेटिएको हो । पहिलो चरणको अनुसन्धानमा २९ जनाविरुद्ध मुद्दा दायर गरेको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले दोस्रो चरणमा २० जनालाई पक्राउ गरेको छ । थप २२ जना फरार छन् । अनुसन्धान पूरा गरी सिआइबीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । दोस्रो चरणमा २० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूमध्ये १२ जना सुन ओसारपसारमा…
Read More
बिआरआईमार्फत नेपाललाई दास बनाउने चिनियाँ षड्यन्त्रको खुलासा

बिआरआईमार्फत नेपाललाई दास बनाउने चिनियाँ षड्यन्त्रको खुलासा

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता विकासकुमार ठाकुरले बिआरआई नामक परियोजना मार्फत नेपाललाई दास बनाउने चिनियाँ षड्यन्त्रको खुलासा गरेका छन्। नेपाल र चीनबीच बिआरआई सम्झौतामा हस्ताक्षर भएको वर्षाै वित्दा पनि सम्झौतामा के छ भनेर सार्वजनिक नभएका बेला नेता ठाकुरले यसबारे सार्वजनिक गरेका हुन्। फेसबुकमा भिडियोमार्फत् वक्तव्य जारी गरेका ठाकुरका अनुसार चीनले विश्वका कुनै पनि मुलुकमा लगानी गरेको छ भने त्यहाँबाट पैसा उठाउन नसके दास बनाउने गरेको छ। नेपालमा पनि त्यही प्रवृत्ति दोहोराउन खोजेको हो। ‘चिनियाँ ऋण लगानीमा बनेको पोखरा विमानस्थलको लागत २८ अर्ब पुगेको छ, मासिक १६ करोड किस्ता तिर्नुपरेको छ। तर, वार्षिक आम्दानी ५ लाख मात्र छ। कसरी पोखरा…
Read More
लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि छात्रावास भवनको निर्माणका लागि भारतीय राजदूत श्रीवास्तवले गरे शिलान्यास

लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि छात्रावास भवनको निर्माणका लागि भारतीय राजदूत श्रीवास्तवले गरे शिलान्यास

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको आज संयुक्त रुपमा शिलान्यास गरेका छन्। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु ४.१४ करोड आर्थिक सहयोगमा उक्त छात्रावास भवनको निर्माण गर्न लागिएको हो । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस गुम्बा विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले छात्रावास भवनको निर्माण हुने दुताबासले जानकारी दिएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता…
Read More
चिनियाँ भन्सारको नयाँ नियमले आयात प्रभावित

चिनियाँ भन्सारको नयाँ नियमले आयात प्रभावित

सिन्धुपाल्चाेक । उत्तरी नाका खासा र केरुङमा चिनियाँ राजस्व कार्यालयले कडाइ गर्न थालेपछि नेपालतर्फको आयात प्रभावित भएको छ । तिब्बत भन्सारमा बोर्डर ट्रेडअन्तर्गत निकासी हुने वस्तुको घोषणा गरेको तथा त्यहाँस्थित राजस्व कार्यालयले १३ प्रतिशत करको विषय उठाएकाले ट्रान्सपोर्ट कम्पनीहरू अलपत्र परेका छन् । केही दिनदेखि केरुङबाट नेपालतर्फ आयात व्यापार बन्द रहेको र खासामा पनि बन्द हुने अवस्था आएको एक ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधिले बताए । सीमास्थित चिनियाँ राजस्व कार्यालयले नेपाली व्यापारीले चिनियाँ सहरबाट खरिद गरेको सामानको विवरण र करको प्रमाण माग गरेकाले ट्रान्सपोर्ट कम्पनीहरू यतिवेला हैरानीमा परेका हुन् । नेपाल–चीन व्यापारमा चीनबाट नेपालतर्फ निकासी हुने सामग्रीको कुनै पनि कर नलाग्ने (ट्याक्स फ्री) सम्झौता छ । ‘हामीले…
Read More
बीआरआई किन बन्न सक्छ चिनियाँ ऋणको पासो ?

बीआरआई किन बन्न सक्छ चिनियाँ ऋणको पासो ?

काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक मंगलबार काठमाडौंमा बसेको छ । बैठकसँगै चीनसँग यसअघि भएको सम्झौता बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) बारे पुनः चर्चा सुरु भएको छ । चीनको महत्वाकांक्षी यो परियोजनामा सहभागी हुन नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको थियो । त्यसयता यो परियोजनाको कार्यान्वयनको पाटो अघि बढेको छैन । विशेषगरी यो परियोजनाअन्तर्गतका आयोजना लागू गर्दा नेपाल अन्य देशजस्तै चिनियाँ ऋणको पासोमा पर्न सक्ने भन्दै आलोचना हुँदै आएको छ । चीनले नेपालमा बीआरआई लागू गर्न जोड दिँदै आएको छ । मंगलबार बसेको बैठकमा पनि चीनको एजेन्डामध्ये बीआरआई कार्यान्वयन पनि थियो । बीआरआईबारे संसद्मा पनि प्रश्न उठेको छ…
Read More
लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

काठमाडाैं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा बिहीबार भगवान् बुद्धको पूज्य जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना गऱेकाे छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनीका मुख्यमन्त्री जोख बहादुर महराले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा र भारत–नेपाल साँस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिए। उनले अझ स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी चेतना जगाउन मद्दत गर्ने बताए । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेपछि योग एउटा…
Read More
पोखरामा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

पोखरामा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

कास्की । अन्तर्राष्ट्रिय योग दिवसको १० औँ संस्करण मनाउन भारतीय राजदूतावासले पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना गरेको छ । स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्न हेतु उक्त कार्यक्रममा स्थानीय प्रशासनका अधिकारी, विभिन्न स्थानीय योग संस्थाका सदस्य, भारतीय सेनाका अवकाशप्राप्त गोर्खा सैनिक, पोखरास्थित दूतावासको पेन्सन भुक्तानी कार्यालयका कर्मचारी सदस्य लगायत स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो । विभिन्न आसन, प्राणायाम (श्वासप्रश्वास व्यायाम) र ध्यान विधिहरू प्रस्तुत गरिएको सो कार्यक्रम अनुभवी प्रशिक्षकको नेतृत्वमा योग सत्रको शृङ्खलासँगै बिहान सबेरैबाट सुरु भएको थियो । शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिँदै सहभागीहरूलाई प्रत्येक अभ्यासको शारीरिक र…
Read More
६ केजी सुनसहित चिनियाँ पक्राउ

६ केजी सुनसहित चिनियाँ पक्राउ

काठमाडाैं । विमानस्थलबाट सुन तस्करी गर्ने गिरोह खोज्ने क्रममा प्रहरीले एक चिनियाँलाई ६ केजी सुनसहित पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लुकाएर राखेको सुनसहित चिनियाँलाई काठमाडौंको कपनबाट पक्राउ गरेको हो । सिआइबी अहिले सुन तस्करी घटनाको दोस्रो चरणको अनुसन्धानमा छ । सिआइबीले यो अनुसन्धानमा १८ जनालाई पक्राउ गरी संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चिनियाँसहित सुनका ६ बिस्कुट बरामद भएको र त्यसको परीक्षण भने हुनै बाँकी रहेको सिआइबीका एक उच्च अधिकारीले बताए । ‘त्यो सुन पहिले नै ल्याएर बेच्न नसकेको बुझिएको छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका ती अधिकारीले भने, ‘पक्राउ परेका चिनियाँको अवैध क्रिप्टो र युएसडिटी कारोबारमा पनि संलग्नता देखिन्छ ।’ चिनियाँ…
Read More
Page 2 of 452
1 2 3 4 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.