समाज

पहिराले महाकाली लोकमार्ग अवरुद्ध

पहिराले महाकाली लोकमार्ग अवरुद्ध

१९ असार,खलङ्गा । वर्षासँगै आएको बाढी र पहिराका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो । सोमबार रातिदेखि सुरु भएको वर्षासँगै ठाउँ–ठाउँमा खसेको पहिराले सडक अवरुद्ध भएको छ । खलङ्गाबाट महेन्द्रनगर–काठमाडौँका लागि छुटेका बस सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका छन् । पानी पर्दा बेला–बेलामा महाकाली लोकमार्गअन्तर्गत गोकुलेबाट पनेबाज–ऐरीछानासम्म सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् । महेन्द्रनगर, धनगढीबाट खलङ्गाका लागि छुटेका रात्रिबससमेत बाटोमै रोकिएका कारण यात्रु समस्यामा परेका छन् । पहिरो सफा गर्न बिहानैदेखि डिभिजन…
Read More
दुर्गम गाउँ खयरमारामा सडक कालोपत्र

दुर्गम गाउँ खयरमारामा सडक कालोपत्र

१९ असार,जलेश्वर । बर्दिबास नगरपालिका–१० खयरमाराका सडक कालोपत्र गरिएका छन् । दलित समुदायको बाहुल्य रहेको सो गाउँ विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । पछिल्लो समय सो क्षेत्रमा विकास निर्माणका कामले गति लिएको स्थानीय कृष्णकुमार वाइबाले बताउनुभयो । विकासले नछोएको खयरमाराका सडक नगरपालिकाले कालोपत्र गरिदिएसँगै गाउँको मुहार नै फेरिएको स्थानीयवासी मीरा कोइरालाले बताउनुभयो । बर्दिबास नगरपालिकाको रु ७९ लाख ७१ हजार सात सय ४९ को लागतमा खयरमाराको विद्युत्चोकबाट भरत टोल जाने बाटो कालोपत्र गरिएसँगै आवागमनमा सहज भएको स्थानीयवासीको भनाइ छ । यसअघि जीर्ण सडककै कारण समयमै बर्दिबास अस्पतालमा बिरामीलाई पुर्याउन नसक्दा कतिपय रोगीको सडकमै ज्यान जाने गरेको जनाउँदै स्थानीय विकास…
Read More
प्रविधिमा किसानको आकर्षण बढ्दो

प्रविधिमा किसानको आकर्षण बढ्दो

१९ असार,वेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेसामा आबद्ध हुनुहुन्छ । पिपलाडीमा चौधरीको साढे चार बिघा जमिन छ । उहाँले खेतीपातीका लागि खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाड्नुभएको पाँच वर्ष भइसक्यो । खेत जोत्नका लागि उहाँ अचेल ‘पावर टिलर’को प्रयोग गर्नुहुन्छ । “अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छ”, उहाँले भन्नुभयो, “प्रविधिको प्रयोगले धेरै कृषकलाई धेरै सहजता थपेको छ ।” वर्षौँदेखि उहाँले तरकारी, उखु, गहुँ तथा धानखेती गर्दै आउनुभएको छ । कुरेरुवा कृषक समूहमा आबद्ध उहाँले सरकारी अनुदानमा कृषियन्त्र खरिद गर्नुभएको थियो । उहाँहरूसँग अहिले…
Read More
बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै

बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै

१९ असार,राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम सुरु भएको छ । राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिममा रहेको राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नं ७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अगाडि बढेको छ । राप्ती नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि ठूला ढुङ्गाको साहरामा नदी नियन्त्रणको काम सुरु भएको जनताको तटबन्धका इन्जिनियर सूर्यदेव नायकले बताउनुभयो । उहाँका अनुसार बोलपत्र आह्वान गरेर काम गर्ने समयावधि नभएका कारण उपभोक्ता समितिमार्फत काम गर्न लागिएको हो । कचनापुरको मधुवामा काम सुरु भइसकेको छ भने खल्लाझगडियामा उपभोक्ता समिति बन्ने…
Read More
बौद्ध धर्म भारत र नेपाललाई सदियौंदेखि जोड्ने बन्धन हो : राज्यमन्त्री सिर्पाली

बौद्ध धर्म भारत र नेपाललाई सदियौंदेखि जोड्ने बन्धन हो : राज्यमन्त्री सिर्पाली

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्मले नेपाल र भारतलाई सदियौंदेखि जोड्ने काम गरेको बताएकी छन् । उनले बौद्ध धर्मको इतिहास उल्लेख गर्दै दुई देशबीच बलियो कसीका रुपमा बौद्ध धर्म रहेको बताएकी हुन् । ‘आषाढ पूर्णिमा’ को अवसरमा भारतीय राजदूतावास, काठमाडौंले अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री सिर्पालीले उक्त कुरा उल्लेख गरेकी हुन् । उनले भनिन्, बौद्ध र अन्य धार्मिक सर्किटको निर्माणले आधुनिक समयमा भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउदै लैजाने मेरो विश्वास छ । कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिका साथै…
Read More
‘आषाढ पूर्णिमा’को अवसरमा भारतीय दूतावासद्वारा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना

‘आषाढ पूर्णिमा’को अवसरमा भारतीय दूतावासद्वारा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना

काठमाडौँ । भारतीय राजदूतावासले ‘आषाढ पूर्णिमा’को अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । दूतावासले ‘आषाढ पूर्णिमा’को अवसरमा अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा दूतावसस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्रीमती सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्म भारत र नेपाललाई सदियौंदेखि जोड्ने बन्धनमध्येको एक भएको बताउँदै बौद्ध र अन्य धार्मिक सर्किटको निर्माणले आधुनिक समयमा भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिन्। सोही कार्यक्रममा बोल्दै दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान बुद्धले दिनुभएको शिक्षाको महत्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरुले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गरेको बताए।…
Read More
हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त

हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त

१८ असार,हुम्ला ।आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्‍याएको छ । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिनुभयो । आज बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्‍याएको हो । लेदोसहितको भल घरभित्र पसेपछि सामान, अन्नपात, भाँडाकुडा, लत्ताकपडालगायतका सामग्रीमा क्षति पुर्‍याएको उहाँको भनाइ छ । लुन्डुप रिन्जिन लामाको घरमा एकातर्फको पर्खाल भत्किएर घरभित्र लेदो पसेको थियो । बाढीले खेतीयोग्य जमिन र बालीमा समेत क्षति पु¥याएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । हाल प्रहरी घटनास्थलतर्फ गएको…
Read More
ललिता निवास प्रकरण : थप दुई पक्राउ

ललिता निवास प्रकरण : थप दुई पक्राउ

१८ असार,काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन् । प्रहरीले आइतबार पनि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले आइतबार वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको थियो । यस प्रकरणमा पछिल्लो समय सिआइवीले नौ जनालाई पक्राउ गरिसकेको छ । उक्त प्रकरणमा केहीअघि मात्रै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालिन सरकारी कर्मचारी…
Read More
मोरङमा जोखिम कम गर्न पूर्वतयारी

मोरङमा जोखिम कम गर्न पूर्वतयारी

१८ असार,बेलबारी । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपबाट क्षति पुग्ने गरेको छ । अविरल वर्षाबाट हुने जोखिम कम गर्न मोरङका सुरक्षा निकायको सहकार्यमा स्थानीय तह पूर्वतयारी जुटेका छन् । तीन दिन कोशी र मधेस प्रदेशको एक÷दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, कृषि तथा पर्यटनलगायत क्षेत्र प्रभावित हुने देखिएको जल तथा मौसम विज्ञान विभाग कार्यालयको बुलेटिनलाई उद्रित गर्दै मौसम विज्ञ रामबाबु मिश्रले बताउनुभयो । उहाँले ग्रेगान बहाव (खहरे खोलामा आउने) बाढीपहिरो, भूक्षयका कारण हुनसक्ने जोखिम बाँच्न र क्षति कम गर्न आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । सम्भावित हुनसक्ने क्षतिलाई…
Read More
सुनसान बन्दै लमजुङका घरबास

सुनसान बन्दै लमजुङका घरबास

- जनक श्रेष्ठ १८ असार,लमजुङ । वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन् । वर्षायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, दृश्य राम्रो अवलोकनमा स्पष्टता नहुनेलगायका कारण असार लागेदेखि यहाँका होमस्टेमा पर्यटक सुनसान बन्न थालेको घरबास सञ्चालकको भनाइ छ । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ तथा दक्षिण एशियाकै नमुना ग्रामीण पर्यटकीय क्होंलासोथर गाउँपालिका–३ मा अवस्थित घलेगाउँ घरबास (होमस्टे) मा दैनिक तीन सय भन्दा बढी पर्यटक आउने गरे पनि बर्खायाम सुरु भएसँगै पर्यटकको सङ्ख्या शून्य जस्तै भएको…
Read More
Page 197 of 452
1 … 195 196 197 198 199 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.